शिक्षाको मन्दिर विद्यालयलाई लिईन्छ, विद्यालयमा बालवालिका केही सिक्नका लागि जान्छन् । तर, सिन्धुलीको एक निजी विद्यालयमा भने विद्यालयका कर्मचारीले विद्यार्थीलाई निर्घात कुटपिट गरी अस्पताल नै भर्ना हुनु परेको छ ।
बिद्यालय शान्त र भए रहित वातावरणको हुनुपर्छ, तर सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ९ मा रहेको लिटिल फ्लावर इङ्गिलिस बोर्डिङ स्कुलका लोखापाल परि कार्कीले कक्षा ४ मा अध्ययनरत छात्रा विदिका गौतमलाई निर्घात कुटपिट गरेकी हुन् । विद्यादयका सञ्चालक तथा प्रिन्सिपलका श्रीमती र छोरीकै अगाडि निजी विद्यालयकी लेखापालले तथानाम गाली गर्दै निर्घात कुटपिट गरिन् ।
सामाजिक सञ्जाल म्यासेन्जरमा बालिका विदिकाले सन्चालक लिलबहादुर शाहीलाई चोर-लुटाहा भन्दै उपनाम लेखेपछि विद्यालयकी लेखापालले विद्यार्थीलाई घाइते हुने गरी कुटपिट गरेकी हुन् । बिद्यालयमा अध्यनका लागि आउदा आयदै कक्षा कोठामा नै जान नपाई सिधै बिद्यालयको कार्यलयमा बोलाएर लेखा शाखाकी लेखा पाल कार्कीले कपालमा अठ्याएर गालामा झापडले र ज्यान तथा खुट्टामा बासको भाटाले निर्घात कुटेको पिडित बालिकाले भनाई छ ।
बालिका गौतमको सबै भन्दा बडी बया खुट्टामा चोट.परेको छ भने शरिर भरी निलडाम प्रस्टै देख्न सकिन्छ । विद्यालयका प्रिन्सिपलकी छोरी मोनिकाले विद्यालय बसबाट विद्यालयको कक्षा कोठामा समेत जान नपाई गेटबाटै कार्यालयमा बोलाएर सञ्चालक लिल बहादुर शाहीकी श्रीमती र छाेरीकै अगाडि कुटपिट गरेकी हुन् । अझ अचम्मको कुरा- निर्घात कुटपिट पश्चात घर जान नदिई बालिकालाई कक्षाकोठामा जान दिए तर उपचार भने गराएनन् । घटनापछि त्यही अध्ययन गर्ने अरु बालवालिका पनि त्यस विद्यालय पढ्न नजाने बताउने गरेका छन् ।
यो घटना भने नौलो होईन बिगतका दिनहरुमा समेत विद्यार्थीहरुलाई थर्काउने, डर देखाउने र कुट्ने गरेको अभिभावक र विद्यार्थीहरुको भनाइ रहेको छ । विद्यालयका प्रिन्सिपल युवराज शाही भनिने लिलबहादुरले घटनाको बारेमा स्वीकार गरेका छन् । तर प्रहरीले दोषीलाई कारवाहीको दायरामा ल्याएको छैन ।