खजुरा गाउपालिकामा नमुना युवा संसद सुरु

मुख्य खबर

खजुरा : बाके  जिल्लाको खजुरा गाउँपालिकामा नमूना युवा संसद अभ्यास सम्बन्धी ४ दिवसीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक (तुफान)ले उद्घाटन गरे सँगै नमूना युवा संसद अभ्यास सम्बन्धी ४ दिवसीय प्रशिक्षण कार्यक्रम सुरु भएको हाे ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा शिक्षा युवा तथा खेलकुद शाखा खजुराको आयोजनामा नमूना युवा संसद अभ्यास सम्बन्धी ४ दिवसीय प्रशिक्षण कार्यक्रम सुरु भएको शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिए । उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विकले कार्यक्रमले युवाहरुलाई सामाजिक राजनीतिक र आर्थिक रुपले थप उर्जाशील र गतिशील बन्न प्रेरित गर्ने बताए ।

‘ उनले भने, ‘यो कार्यक्रमबाट मुलुक सञ्चालन सम्बन्धी जानकारी हुन्छ, चार दिनमा त्यो अभ्यास गरिन्छ ।’ देश विकास र समृद्धिमा युवा मेरुदण्ड भएको उल्लेख गर्दै गाउँपालिका अध्यक्ष विकले सबै क्षेत्रमा सहकार्य र समन्वय आवश्यक हुने बताए ।

कार्यक्रम उपाध्यक्ष मन्जु मल्लले युवाहरुको सक्रिय सहभागितामा प्रतिभाको प्रस्फुटन हुनुका साथै नेतृत्व क्षमताको विकास साथै स्थानीय सरकार संञ्चालनको  विधि कार्यक्रमलाई सफल बनाउन  नमुना युवा संसद अभ्यास कार्यक्रम  महत्त्वपूर्ण रहेकाे बताउनुभयो ।

कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले समृद्ध राष्ट्र निर्माणको आधारस्तम्भको रुपमा रहेका युवा वर्गको नेतृत्व तथा क्षमता विकास गर्ने उदेश्य रहेकाे जानकारी दिए ।

देशभरका सबै जिल्लाका एक/एक स्थानीय तहमा नमुना संसदको अभ्यासका लागि युवा परिषद्ले कार्यक्रम सञ्चालन गर्दै आएको बताइएको छ । यसका लागि जिल्लाको खजुरा गाउँपालिका छनोटमा परेको बताइएको छ ।

उदघाटन कार्यक्रममा वडा न.-२ का वडा अध्यक्ष  धनरा वली ,समाजिक विकास संयाेजक   कृष्णा कुमारी पोखरेल लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *