

नेपालगन्ज : हाङझाउ १९ औं एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाली टिमले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ।

आज हाङझाउको देक्वाइ स्पोर्ट्स सेन्टरमा भएको प्रारम्भिक चरणको समूह ‘सी’ को खेलमा नेपालमाथि भियतनामले ३-० को सोझो सेटमा जित हात पारेको हो।



पहिलो सेट नेपालले कमजोर देखाउदा ४-२५ अंकले पराजित भयो।

दोस्रो सेटमा नेपालले खेलमा सुधार ल्याए पनि जित निकाल्न सकेन। दोस्रो सेटमा नेपाल १६-२५ अंकको अन्तरले पराजित भयो। तेस्रो सेटमा सुरुवाती अग्रता लिए पनि नेपाल भियतनामभन्दा कमजोर ठहरियो। नेपाल तेस्रो सेटमा १३-२५ अंकको आधारमा पराजित भयो।
अब नेपालले समूहको अन्तिम खेलमा सोमबार दक्षिण कोरियासँग खेल्दैछ।
