महिला कबड्डि टिमको बिदाइ

मुख्य खबर

नेपालगन्ज : १९ औ एसियालि खेलकुद प्रतियोगितामा सहभागी हुन जाने महिला कबड्डि टिमलाइ आज बिदाइ गरियको छ।

अखिल नेपाल कबड्डि संघका महासचिब अर्बिन्द झाले १९ औं एसियाली खेलकुद अन्तर्गत कबड्डि तर्फ प्रतिस्पर्धा गर्ने महिला टिमलाइ एक कार्यक्रम बिच बिदाइ गरेका छन ।एसियायी खेलकुद अन्तर्गत पहिलो पटक प्रतिस्पर्धा गर्न जान लागेको महिला टिम आज बिहान चीन प्रस्थान गरेको छ। बिदाइ तथा शुभकामना कार्यक्रममा संघका महासचिब झा सदस्य निराजन श्रेष्ठ, सरद दर्शनधारी लगायत खेलप्रेमी समर्थक तथा खेलाडिका आफन्तको उपस्थिति रहेको थियो।

शुभकामना दिनु हुँदै महासचिव झा ले सफलताको कामना गर्नुका साथै पदक ल्यायर आउने बिश्वास ब्यक्त्त गर्नुभयको थियो। झाले कबड्डि बाहिरको ब्यक्ति ब्यबस्थापक गयकाले केही समस्या हुने छ तर प्रशिक्षक र खेलाडी सकारात्मक सोचका साथ गयकाले पदक आउने बिश्वास व्यक्त गर्नुभयो।

महिला कबड्डी टिम १ महिनाको वैदेशिक प्रशिक्षण सकेर भाद्र ३१ मा नेपाल फर्कियको हो । टिममा खेलाडी सहित प्रशिक्षकद्वय बिष्णु भट्ट र पार्बती राई सङ्गै जानू भयको छ भने ब्यबस्थापकको अत्तोपत्तो रहेको छैन।

यसपट सम्बन्धित खेल भन्दा बाहिरका र राखेपका कर्मचारीहरु ब्यबस्थापक भयर गयको लामो लिस्ट छ तेहि समस्या कबड्डिमा समेत देखियो।

अखिल नेपाल कबड्डि संघकि अध्यक्ष तुल्सी थापा एसियन खेलकुदको कबड्डि तर्फ जुरिमा रहेकाले हिजो नै चीन प्रस्थान गरेकी छिन।

नेपाली महिला कबड्डि टिमकी कप्तान मेनुका राजबङ्सिले पदक आउनेमा बिस्वस्त रहेको बताइन ।नेपालले अक्टोबर २ मा बङ्गलादेशसङ्ग खेल्दै आफ्नो यात्रा सुरु गर्ने छ भने दोस्रो खेल ईरानसङ्ग अक्टोबर ४ मा खेल्ने छ । नेपाल पुल बि मा रहेको छ जुन समुहमा इरान र बङ्गलादेश रहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *