
आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ ।
सोमबार भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गरेको हो ।

नेपालले पाएको ७५ रनको लक्ष्य १० ओभर ३ बलमा नै पुरा ग¥यो ।
नेपालमा जितमा काजोल श्रेष्ठले ३२ रन बनाइन् । यस्तै सीता राना मगरले १७ र इन्दु बर्माले नट आउट २० रन जोडिन् । इन्दुले १२ बलमा २० रन बनाएकी हुन् । सीताले २३ मा १७ रन र कविताले २८ बल खेल्दै ३२ रन बनाएकी हुन् ।
त्यसअघि मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनाउन सकेको थियो । कतारकी साची धडवालले ४४ बलमा १ चौकासहित सर्वाधिक २१ रनको योगदान दिइन् । तर त्यो रन नेपाललाई हराउन पर्याप्त थिएन ।
१७ औं ओभरमा मध्य तीव्र गतिकी बलर इन्दु बर्माले तीन विकेट लिँदै कतारलाई थप धरासयी बनाएकी थिइन् । इन्दुले तेस्रो बलमा साची, पाँचौं बलमा ट्रप्टी काले र अन्तिम बलमा श्रुतिबेन कमलेशभाइ रानालाई आउट गरेकी थिइन् । कतारकी ओपनर एलिना खान २५ बलमा १ चौकासहित १५ रनमा इन्दु बर्माबाट रन आउट भइन् ।
ओपनर खदिजा अहमद ४ बलमा १ चौकासहित ४ रन बनाउँदै पुजा महतोको बलमा एलबीडब्लू आउट हुन पुगेकी थिइन् । एन्जिलेने मारे १८ बलमा २ चौकासहित १४ रनमा नट आउट रहिन् । इन्दु बर्माले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । पुजा महतो र कजिता जोशीको नाममा समान एक विकेट रह्यो ।
यो जितसँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेकाे छ ।
नेपालले अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।
