
एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
मुल्तान स्टेडियममा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । आजको खेलमा जित निकाल्दै नेपाल इतिहास रच्न चाहन्छ । नेपालले पहिलो पटक एसिया कपमा सहभागिता जनाएको हो ।

पाकिस्तानको प्लेईङ–११
बाबर अजाम (कप्तान), सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, मोहम्मद नवाज, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह
नेपालको प्लेइङ-११ :
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी र सन्दीप लामिछाने ।
