केम्सन बाकेमा पाण्डे

मुख्य खबर

नेपालगन्ज: रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केम्सन) बाके शाखा काे प्रथम अधिवेशन आज सम्पन्न भयको छ।

संघका केन्द्रिय अध्यक्ष भक्त बहादुर हमालको प्रमुख आतिथ्यमा आज नेपालगन्जमा सम्पन्न साधारण सभाले कृष्ण प्रसाद पान्डेको अध्यक्षतामा ६ सदस्यीय कार्यसमिती चयन गरेको हो।

कृष्ण प्रसाद पाण्डे सहित कार्यसमितीमा रमेश रिमाल उपाध्यक्ष , विष्णु देव बुढाथोकी महासचिब,रञ्जित सिंह काेषाघ्यक्ष, रामबिर शाही सदस्य र गंगा पहाडी (बराल) सदस्य मा निर्बिराेघ चयन भयको नबनियुक्त्त महासचिव बिष्णु देब बुढाथोकीले बताय ।

उद्धघाटन समारोहलाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष हमालले भने – “सम्पुर्ण हामी आपूर्तिकर्ताहरु एक ढिक्का हुनु जरुरी छ। मेडिकलजन्य सामाग्रीको बितरण लाई सहज र सबै भुगोलमा पुर्याउनु आजको आवश्यकता हो।”

४२ साधारण सदस्य रहेको केम्सन बाँके शाखामा यसअघिको तदर्थ समितिको अध्यक्षमा पाण्डे रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *