
नेपालगन्ज :पाकिस्तानका तीव्र गतिका बलर वाहब रियाजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
रियाजले सामाजिक संजालमार्फत आफ्नो सन्यास घोषणा गरेका हुन् ।

पाकिस्तानका लागि २७ टेस्ट, ९१ एकदिवसीय र ३६ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका थिए । वाहबले टेस्ट क्रिकेटमा ८३ विकेट, एकदिवसीयमा १ सय २० विकेट लिएका थिए ।
टी–ट्वान्टी आईमा भने उनले ३४ विकेट लिएका थिए ।
रियाजले २००८ को फेब्रुअरीमा पाकिस्तानी टोलीमा डेब्यु गरेका थिए ।
