
नेपालगन्ज : नेकपा माओवादी केन्द्रले पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकका बीच प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन् ।
जसअनुसार वाग्मती प्रदेश इन्चार्जको जिम्मा जनार्दन शर्माले पाएका छन् भने वर्षमान पुनलाई विशेष प्रदेश यस्तै कोशीको इन्चार्जमा लिलामणि पोखरेल, मधेशको इन्चार्ज देवेन्द्र पौडेल, कर्णालीको इन्चार्ज चन्द्रप्रकाश खनाल र सुदूरपश्चिमको इन्चार्जमा डिलाराम आचार्य तोकिएका छन् ।

कहाँको इन्चार्ज को ?
१) वर्षमान पुन- विशेष प्रदेश इञ्चार्ज
२) चक्रपाणि खनाल- कोशी प्रदेश इञ्चार्ज
३) लीलामणि पोख्रेल- मधेश प्रदेश इञ्चार्ज
४) जनार्दन शर्मा- वाग्मती प्रदेश इञ्चार्ज
५) देवेन्द्र पौडेल- गण्डकी प्रदेश इञ्चार्ज
६) हितमान शाक्य- लुम्बिनी प्रदेश इञ्चार्ज
७) मात्रीका यादव- कर्णाली प्रदेश इन्चार्ज
८) डिलाराम आचार्य- सुदूरपश्चिम प्रदेश इञ्चार्ज
९) गिरिराजमणि पोख्रेल- उपत्यका सम्पर्क समन्वय प्रदेश इञ्चार्ज
१०) राम कार्की- प्रवास प्रदेश इञ्चार्ज
