
नेपालगन्ज : ग्लोबल टी-ट्वान्टी क्यानडा लिगमा नेपालका स्पिनर सन्दीप लामिछाने आबद्ध सरे जगुआर्सलाई नेपालका अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाईर्गसले पराजित गरेको छ ।
शनिबार बिहान क्यानडाको ब्रैम्प्टनमा सम्पन्न खेलमा दीपेन्द्र आबद्ध टाईगर ५ विकेटले विजयी भएको हो ।

पहिलो ब्याटिङको निम्तो पाएको सर्रेले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३६ रनको योगफल खडा गरेको थियो ।
जवाफमा मोन्टरिएलले १८.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य प्राप्त गर्यो । दिपेन्द्रले २२ बलमा २ चौकासहित २८ रन जोडे । दिलप्रित सिंहले ३१ बलमा १ छक्कासहित २८ रन नै जोडे ।
सन्दीपले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए ।
