एनसेलको सेवामा समस्या !

सडक विस्तारका क्रममा बुटवल-बर्दघाट र दमौली-आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण एनसेलको सेवा अवरुद्ध भएको छ। बिहीबार बिहानदेखि नै एनसेलको सेवा अवरुद्ध भएको एनसेल आजियाटा लिमिटेडले जानकारी दिएको छ। कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको कम्पनीले भनेको छ। ‘अप्रत्याशित घटनाले सेवामा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं,’ एनसेलले भनेको छ, ‘कम्पनीका […]

Continue Reading

इलेक्ट्रोनिक पसलमा आगलागी, करिब ३० लाख बराबरको क्षति !

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ । महेन्द्रनगरको अमरचोकस्थित हिरा इलेक्ट्रोनिक पसलमा गएराति आगलागी भएको हो । आगलागीबाट पसलमा रहेका फ्रिज, राइसकुकर, पंखा, ग्यास चुल्हो लगायत सामान जलेर करिब ३० लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए । मिथिला नगरपालिका २ का […]

Continue Reading

हँसिया प्रहार गरेर कैलालीमा एक जनाको हत्या !

 कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या भएको छ भने अर्का एकजना गम्भीर घाइते छन् । जिल्लाको जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ । हँसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि टिकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक […]

Continue Reading

सूचनालाई बेवास्ता गरेपछि डोजर लिएर निस्किए मेयर !

पटक/पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै सुनसरीको इनरूवा नगरपालिकाको कार्यालयले आजदेखि अतिक्रमित सडकपेटी खाली गराउन सुरू गरेको छ।  ३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिकाको टिम नै डोजर लिएर सडकमा निस्किएको हो।  मंगलबार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने […]

Continue Reading

सरकारी कर्मचारी चढेको एक बसमा विस्फोट, ७ कर्मचारी मारिए !

अफगानिस्तानको उत्तरी भागमा पर्ने बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफमा मङ्गलबार सरकारी कर्मचारी चढेको एक बसमा विस्फोट हुँदा सात कर्मचारीको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीका अनुसार सीमावर्ती शहर हिरातनको पेट्रोलियम निर्देशनालयका कर्मचारी चढेको बसले सडक किनारमा राखिएको बम कुल्चँदा उक्त हताहति भएको हो । यसैबीच, […]

Continue Reading

रातारात बुटवलबाट दाङ सारियो लुम्बिनीको मुख्यमन्त्री कार्यालय !

२० मंसिर, दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ स्थानान्तरणको कामले तीव्रता पाएको छ । सोमबारमात्रै मुख्यमन्त्री कार्यालय र निजी सचिवालय दाङको देउखुरीमा ल्याइएको छ । मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी देउखुरीको कार्यालयमा ल्याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिए । मंगलबार बिहानैदेखि  देउखुरीको कार्यालय ब्यवस्थापनको काम भइरहेको उनले बताए । […]

Continue Reading

राष्ट्रपति र उपराष्ट्रपति काे बन्लान् अबका, यस्ताे छ राष्ट्रपति चुन्ने प्रक्रिया !

काठमाडाैँ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मत परिणाम आइसकेको छ । अब समानुपातिक तर्फको मात्रै मत परिणाम आउन बाँकी छ । प्रत्यक्षतर्फको मत परिणामको टुंगो लागिसक्दा सत्ता गठबन्धन प्रमुख दल नेपाली काँग्रेस प्रत्यक्षतर्फ ५७, नेकपा एमाले ४४, नेकपा (माओवादी केन्द्र) १८, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ७, राष्ट्रिय […]

Continue Reading

एमबाप्पे गोल्डेन बुटको दौडमा !

फ्रान्सका युवा सुपर स्टार किलिएन एमबाप्पे कतारमा जारी फिफा विश्वकप २०२२ को सर्वाधिक गोलकर्ताको होडमा अगाडि रहेका छन् । अन्तिम १६ अन्तर्गत आइतबार पोल्याण्ड विरुद्ध दुई गोल गर्दै एमबाप्पेले यस विश्वकपमा गोल संख्या ५ पुर्याएका छन् । दुई असिस्ट समेत गरेका उनी गोल्डेन बुटका लागि दाबेदार देखिएका छन् । एमबाप्पेको दुई र ओलिभर जिरुडको एक […]

Continue Reading

उपप्रमुख कमरुद्दिन राईको नेतृत्वम नेपालगन्जका स्वास्थ्य संस्थामा छड्के ! स्वास्थका कुरा

बाँके मंसिर १८ । नेपालगन्ज उपमहानगरपालिकाले नगरमा संचालित केही स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छड्के अनुगमन गरेको छ । नगर उपप्रमुख कमरुद्दिन राईको नेतृत्वमा नेपालगन्ज उपमहानगरपालिका १४, १६ र १७ नम्बर वडाका स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छड्के अनुगमन गरिएको उपमेयरका स्वकीय सचिब अर्विन्द शर्माले जानकारी दिनु भयो । त्यसक्रममा वडा नम्बर १६ का जयसपुर […]

Continue Reading

स्वास्थ्य संस्थामा उपप्रमुखको छड्के !

बाँके मंसिर १८ गते । नेपालगन्ज उपमहानगरपालिकाले नगरमा संचालित केही स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छड्के अनुगमन गरेको छ । नगर उपप्रमुख कमरुद्दिन राईको नेतृत्वमा नेपालगन्ज उपमहानगरपालिका १४, १६ र १७ नम्बर वडाका स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छड्के अनुगमन गरिएको उपमेयरका स्वकीय सचिब अर्विन्द शर्माले जानकारी दिनु भयो । त्यसक्रममा वडा नम्बर १६ का […]

Continue Reading