साउदीमा भएको दुर्घटनामा हात गुमाएका हेमराज केसी  स्वदेश फर्किए

साउदी : साउदीमा भएको दुर्घटनामा हात गुमाएका हेमराज केसी  स्वदेश फर्किएका छन् ।साउदी अरेबियामा रोजगारीको क्रममा सडक दुर्घटनामा परी १ हात गुमाएका दाङका हेमराज केसी ९ महिनापछि स्वदेश फिर्ता भएका हुन् । वैदेशिक रोजगारका क्रममा दाङ–५ का हेमराज केसी काठमाडौंमा रहेको नासिर हाउसिङ म्यानपावरबाट २२ मार्च २०२२ का दिन साउदी पुगेका थिए। २५ अप्रिलमा कम्पनीको गाडीमा […]

Continue Reading

रोल्पाको एक मात्र क्याम्पस : ४ जना प्राध्यापक, ५ जना विद्यार्थी – शैक्षिक निगरानी

रोल्पा – बिहानै साढे पाँच बजे क्याम्पसको गेट खुल्छ। शिक्षक र विद्यार्थी कक्षा कोठामा जान्छन्। पढाई पनि सुरु हुन्छ। तर पढाउने शिक्षक र विद्यार्थीको संख्या बराबरजस्तै हो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पश्चिम रोल्पाको एक मात्र क्याम्पसमा चार जना मात्र शिक्षक छन् भने नियमित पढ्न आउने पनि त्यस्तै ४/५ जना मात्र हुन्छन्। त्रिबेणी गाउँपालिका जुगारमा रहेको […]

Continue Reading

गर्भावस्थामा औषधिको प्रयोग: भ्रम र यथार्थ ! – स्वास्थका कुरा

_गर्भावस्था हरेक महिलाको जिवनमा आउने एउटा अमुल्य अनुभूती हो। यस प्रति हरेक महिलाको मनमा खुशी तथा चिन्ता हुनु स्वभाविक हो। आफ्नो गर्भमा रहको बच्चा स्वस्थ्य तथा राम्रो होस, गर्भावस्थाको बेलाको कृयाकलाप तथा खानपानले गर्भभित्रको बच्चालाई अवान्छिन असर नहोस तथा यो समयमा औषधि सेवन गर्दा बच्चामा कुनै असर नपरोस भने चिन्ता सामान्यजसो हरेक महिलामा हुने गर्दछ। […]

Continue Reading

सत्ताका लागि रेशमको रिहाइ कामचलाउ सरकारको गम्भीर त्रुटि !

 ४ मंसिरको चुनावमा नागरिक उन्मुक्ति पार्टीको नारा नै थियो, न्यायका लागि ढकियामा भोट । जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीसहित टीकापुर घटनामा दोषी तथा आरोपितलाई न्याय दिलाउने नागरिक उन्मुक्ति पार्टीको नारालाई टीकापुर र आसपासका क्षेत्रका जनताले अनुमोदन पनि गरे । कैलाली क्षेत्र १, २ र ३ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार प्रतिनिधिसभामा निर्वाचित भए । कैलाली […]

Continue Reading

नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमै टायल उत्पादन सुरु !

नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादन सुरुआत गरिएको छ । यसका लागि बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ मा उद्योग स्थापना गरिएको छ । लामो समयदेखि विदेशी टायल र हाडवेयर सामग्री नेपाल ल्याएर देशभर बिक्री गर्दै आएका दुई व्यवसायीले संयुक्तरुपमा उद्योग सञ्चालनमा ल्याउनुभएको हो । भारतीय उद्योगमा गहिरो अध्ययन गरेपछि नेपाली भूमिमा उद्योग सञ्चालनमा […]

Continue Reading

नक्कली सरकारी कर्मचारी बनेर खुलेआम ठगी, ८ जना पक्राउ !

काठमाडौंमा नक्कली सरकारी कर्मचारी बनेर ठगी गर्ने एउटा गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘आन्तरिक राजस्व कार्यालय ठमेलका अधिकारी हुँ’ भन्दै होटेल तथा लजहरुबाट पैंसा असुल्ने आठजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुले नक्कली अनुगमन अधिकृत र कार्यरत कर्मचारी बनेर बसपार्क क्षेत्रका होटेल तथा लजहरुबाट कर नतिरेको भन्दै शुल्क असुल्ने गरेका थिए । ठगी […]

Continue Reading

किसानहरूले गरे चम्पावती जलविद्युतको कार्यालयमा आगजनी !

गोरखा र लम्जुङको सीमा भई बगेको चेपे नदीमा निर्माणाधीन ७ मेगावाट क्षमताको चम्पादेवी जलविद्युत आयोजनाको कार्यालय स्थानीय किसानहरूले तोडफोड गरेका छन्। गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ मा रहेको आयोजनाको कार्यालयमा किसानहरूले तोडफोड र आगजनी गरेको गोरखा प्रहरीले जनाएको छ। आयोजनामा पानी लैजादा आफूहरूको खेतमा सिँचाइ गर्न नपाइने भन्दै किसानहरू आन्दोलित भएका हुन्। स्थानीय राइनासटार […]

Continue Reading

रास्वपामा समानुपातिक सांसदबारे किन भइरहेको छ विवाद?

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा समानुपातिकतर्फ प्रतिनिधि सभामा कसलाई सांसद पठाउने भन्नेमा विवाद भएको छ। प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकतर्फ १३ सिट पाएको छ। ती १३ मा क-कसलाई पठाउने भन्नेमा भने रास्वपामा विवाद देखिएको हो। समानुपातिकतर्फ पाएको १३ सिटमध्ये आदिवासी जनजातिबाट ३ (डाक्टर ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ) थारूबाट १ (अशोक चौधरी)को सम्भावना […]

Continue Reading

वुलिङको विद्युतीय ‘एयर इभी’ तीन सय किलोमिटर रेन्ज दिने सार्वजनिक भयो ।

नेपाली बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक भएको छ। इभी नेपाल मोटर्सले बिहीबार वुलिङको विद्युतीय कार ‘एयर इभी’ सार्वजनिक गरेको हो। कम्पनीले बिहीबार नक्साल सोरुमको उद्घाटनसँगै एयर इभी बुकिङको लागि पनि खुला गरेको हो। हेर्दा सानो र चिटिक्कको वुलिङ एयर इभी सिटी कार हो। अर्थात् यो शहरी भू-भागको लागि उपयुक्त छ।  कम्पनीले एयर इभीको दुई वटा […]

Continue Reading

आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण !

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी शुक्रबारदेखि राजधानीमा वितरण गरिँदै छ। गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा  यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको थियो।  गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङ्मा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी […]

Continue Reading