सुर्खेतमा जिप दुर्घटना, ४ जनाको मृत्यु !

सुर्खेत :सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बविन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ […]

Continue Reading

नवलपरासीमा भारतीय तिर्थालु बोकेको बस दुर्घटना, ४८ घाइते !

नवलपरासी : पश्चिम नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना हुँदा ४८जना घाइते हुन पुगेका छन ।  पाल्हीनन्दन गाउँपालिका–१ झरहीखोला नजिकै त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी १६ एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना हुदाँ ४५ जना घाइते भएका हुन । प्रत्यक्षदर्शीका अनुसार सडकबाट १० मिटर तल खस्दा ६० जनामध्ये ४५ जना भारतीय तीर्थालुहरू घाइते […]

Continue Reading

हिमपातपछि अफगानिस्तानमा २५ जनाको मृत्यु !

काबुल-बढ्दो चिसोसँगै निरन्तर हिमपातपछि अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुलप्रान्तमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । जाज्जानप्रान्तको खमाब, खानका र आक्चा जिल्लामा विगत दुई दिनदेखि भारी हिमपातहुँदा कठ्यांग्रिएर चार बालबालिकासहित १८ जनाको मृत्यु भएको छ । त्यसैगरी चिसोसँगै हिमपातले सारी पुलप्रान्तमा बालबालिका र महिलासहित सात जनाको मृत्यु भएको छ । तालिबानले सत्ता कब्जा […]

Continue Reading

प्रधानमन्त्री प्रचण्डलाई युएई र कतारका राजदूतले भेटे !

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त अरब इमिरेट्स (युएई) र कतारका राजदूतले आज छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहाल र युएईका राजदूत अब्दुल्ला सईद मुवारक जरवान अल्सामीबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै, प्रधानमन्त्री दाहाल र कतारी राजदूतबीच पनि दुई देशको सम्बन्ध, आसपी हित […]

Continue Reading

गोदावरी कैलालीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु !

धनगढी : कैलालीको गोदावरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका वडा नम्बर १२ रातापानी सामुदायिक वनमा शुक्रबार ट्रयाक्टर दुर्घटना हुँदा घाइते भएका ट्याक्टरका सहचालक कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० का ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको हो । शुक्रबार बिहान से १ त ६१९३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो […]

Continue Reading

नेपालले आफ्नो भूमिबाट बंगलादेशलाई बिजुली बेच्न भारत तयार !

प्रतिनिधित्व छविस् विद्युत प्रसारण लाइन नेपालले आफ्नो भूमिबाट बंगलादेशलाई बिजुली बेच्न भारत तयार देखिन्छ । भर्खरै नेपाल र बंगलादेशले भारतीय पूर्वाधार प्रयोग गरी अन्तरदेशीय विद्युत यातायातका लागि आफ्नो भूमि प्रयोग गर्न भारतलाई संयुक्त रूपमा अनुरोध गरेका छन्। उनीहरुले सुरुमा भारत हुँदै ५० मेगावाट बिजुली ढुवानी गरिने बताएका छन् । देशका ऊर्जा सचिवको नेतृत्वमा नेपाल र […]

Continue Reading

आक्रामक र रिसाहा स्वभावका मान्छेलाई वास्तवमै मुटुको समस्या हुन्छ ?

शारीरिक स्वास्थ्यका लागि स्वभावको भूमिका मुख्य हुन्छ । रोग निम्त्याउने एउटा जड मानिसको स्वभाव पनि हो भनिन्छ । विशेषतः हाम्रो स्वभाव अनुसार नै हाम्रो स्वास्थ्य स्वस्थ हुने र नहुने कुरामा भर पर्छ । मानिसको स्वभावलाई मुख्यतः दुई प्रकारले विभाजन गरिएको छ, एउटा टाइप ‘ए’ र अर्को टाइप ‘बी’ । हरेक कुरा भन्ने बित्तिकै चाहिने, रिसाहा, […]

Continue Reading

शुक्रबार सभामुख देवराज घिमिरेले लिए शपथ !

नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रबार राष्ट्रपति भवन शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनला२ पद तथा गोपनियताको शपथ गराएकी हुन्। उनी बिहीबार प्रतिनिधिसभाबाट सभामुखमा निर्वाचित भएका थिए। यसैबीच घिमिरेले आफूले एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको जानकारी दिएका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै उनले सभामुखमा रहँदा स्वतन्त्र, निष्पक्ष र […]

Continue Reading

सुदूरको ठाडी भाकामा पोखरा विमान दुर्घटनाको वेदना : (भिडिओ)

पोखरा बस्साकी, काठमामाण्डौँ है उडाइ लैग्यो, पोखरा बस्साकीसेतीमा खस्साकी, बिहानैका झुल्क्या घाम सेतीमा खस्याकी ।।छैन् तेरो चित्र, हावामा उठेर आउन्या, छैन तेरो चित्रउसै जहाजभित्र काल पनि बस्याको रैछ् उसै जहाजभित्रबादलभित्र लैग्यो, दुई फन्का पशुपति लायो, बादलभित्र लैग्यो ।सम्झानामा रहीगया, मान्छे बाईगया, फोटो मात्रै सम्झनामा रैग्या ।बनाइदियो खाग लासै पनि नचिनिन्या बनाइदियो खाग ।धर्मी महिनाना माघ, […]

Continue Reading

मेक्सिकोमा धूमपानमाथि प्रतिबन्ध लगाउन कठोर व्यवस्था !

मेक्सिकोले सार्वजनिक स्थलमा धुमपानमा पूर्ण प्रतिबन्ध लगाउन विश्वकै सबैभन्दा कठोर सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने कानुन कार्यान्वयनमा ल्याएको छ। मेक्सिकोमा सन् २००८ मा ल्याइएको कानुनले बार, रेस्टुराँ र कार्यस्थलमा धूमपानरहितका क्षेत्रहरू स्थापना गरिनुपर्ने उल्लेख गरेको थियो।  अहिले त्यसलाई सबै खालको सार्वजनिक क्षेत्रमा धूमपान गर्न नमिल्ने भनेर विस्तार गरिएको बिबीसीले जनाएको छ। त्यसमा पार्क, समुद्री तट, होटेल, कार्यालय […]

Continue Reading