चितवनमा ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु !
पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। आइतबार भरतपुर महानगरपालिका–१२ स्थित टिकौली जंगलमा ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा भरतपुर– ११ का स्कुटरचालक २० वर्षीय सागर तामाङको मृत्यु भएको हो। स्कुटर पछाडि सवार भरतपुर– ११ कै २० वर्षीय विशान्त ढकालको अवस्था गम्भीर रहेको छ। […]
Continue Reading