कर्मचारीकै मिलेमतोमा एनआईसी एसिया बैंकको लाखौँ रुपैयाँ चोरी

काठमाडौं । कर्मचारीकै मिलेमतोमा एनआईसी एसिया बैंकको लाखौँ रुपैयाँ चोरी भएको पाइएको छ । महानगरीय प्रहरी परिसरका अनुसार उक्त बैंकको नगद सङ्कलक काठमाडौँको काँडाघारी बस्ने प्रदीप खत्रीसहितका चार व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । उनले काठमाडौँ महानगरपाकिला–१० को कार्यालयबाट रु १२ लाख ४५ हजार र मेट लाइफ इन्योरेन्स शान्तिनगरबाट तीन लाख पचासी हजार […]

Continue Reading

नेपालमा शुक्रबारमात्र थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि

काठमाडौं, २३ पुस । नेपालमा शुक्रबार थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ पत्ता लागेको थियो […]

Continue Reading

लिभिङ टुगेदरमा बस्ने युवक-युवती मृत फेला

काठमाडौं । काठमाडौंको कपनस्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा युवक-युवती मृत फेला परेका छन् । कपन प्रहरीको अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी राई र खोटाङकी युसुना राई मृत फेला परेका हुन् । प्रहरीको अनुसार उनीहरु केही समयदेखि ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए । घटनाको प्रकृति हेर्दा युवकले युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या […]

Continue Reading

हेमराज विष्टको ६ करोड ८७ लाख रुपैयाँ अकुत सम्पत्ति, अख्तियारमा मुद्दा दर्ता

काठमाडौं । सरकारी सेवामा प्रवेश गरेको २२ वर्षमा उपसचिव स्तरका एक कर्मचारी र उनकी पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश वन निर्देशनालय कैलालीका निमित्त वन निर्देशक हेमराज विष्टले अकुत सम्पत्ति जोडेको भन्दै उनीविरुद्ध ६ करोड ८७ लाख रुपैयाँ बिगोसहित सजाय कायम […]

Continue Reading

माओवादी केन्द्रको अध्यक्ष फेरि प्रचण्ड बने, लिए अध्यक्षको सपथ

काठमाडौं, १९ पुष । पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका छन् । आज (सोमबार)  ललितपुरको हेरिटेज गार्डेनमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्षमा प्रचण्ड सर्वसम्मत चयन भएका हुन्। कृष्णबहादुर महरा समर्थक र नारायणकाजी श्रेष्ठ प्रस्तावक बसेर अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई अगाडि सारेका थिए।

Continue Reading

२४ ग्राम ब्राउन सुगरसहित प्रमोद पक्राउ

बाँकेको पुरैनाबाट लागु औषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन। लागू औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको टोलिले २४ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित प्रमोद सोनकरलाई पक्राउ गरेको हो । नेपालगन्ज उपमहानगरपालिका ६ फुलटेक्रा बस्ने २१ बर्षका सोनकलाई पक्राउ गरिएको बाँकेका निमित्त प्रहरी प्रवक्ता खिमप्रसाद घर्तिले जानकारी दिनुभयो […]

Continue Reading

सचिवको लागी टेक बहादुर बुढाको उम्मेदवारी दर्ता

निर्मल कुमार बुढा नेपालगन्ज । नेकपा एमाले दशौँ जिल्ला अधिबेशन कालीकोट जिल्ला कमिटी सचिवको लागी क. टेक बहादुर बुढाले उम्मेदवारी दर्ता गर्नुभएको छ । लामो समयदेखी व्यवसाय र राजनिती क्षेत्रमा कालीकोट क्षेत्रको लगी सेवा तथा पार्टीको कार्य गर्दै आउनुभएका क. टेक बहादुर बुढा पछिल्लो समयमा पार्टीको लागी पुर्ण समय दिएको देखीन्छ । समाज उन्नतीका लागी […]

Continue Reading

सिकेका कार्यकर्तामाथि प्रहरीले गोली चलायो

जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकामा सडक जाम गरेर बसेका जनमत पार्टीका कार्यकर्तामाथि आइतबार प्रहरीले रबरको बुलेट प्रहार गरेको हो । धनुषा प्रहरीका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार ११ राउण्ड रबरको बुलेट र १६ राउण्ड अश्रुग्यास प्रहार गरिएको छ । रबरको बुलेट लागेर […]

Continue Reading

जुवा खालबाट निमित्त प्रशासकीय अधिकृत दलबहादुर घर्ती सहित १३ जना पक्राउ

जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृतसहित १३ जनाविरूद्ध मुद्दा दर्ता गरी अनुसन्धान सुरू गरिएको छ। आइतबार बिहान पक्राउ निमित्त प्रशासकीय अधिकृत दलबहादुर घर्ती, भेरी नगरपालिका-६ का वडाध्यक्ष तथा कांग्रेसका नगर सभापति शशि बुढा, वडा नम्बर-४ का वडा सचिव प्रचण्डजंग शाह लगायतलाई जिल्ला अदालतबाट ५ दिनको थप गरी अनुसन्धान सुरू गरिएको हो। उनीहरूविरूद्ध अवैध […]

Continue Reading

ओमिक्रोन फैलियो,भारतका २३ राज्यमा, १५२५ जना संक्रमित

भारतमा पछिल्लो २४ घन्टामा ९६ नयाँ ओमिक्रोन संक्रमित भेटिएका छन्। यो सँगै कुल ओमिक्रोन संक्रमितको संख्या १५२५ पुगेको छ।  केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतका २३ राज्यमा ओमिक्रोनको संक्रमण फैलिएको छ। जसमध्ये महाराष्ट्रमा सबैभन्दा बढी ४६० जनामा ओमिक्रोन देखिएको छ भने दिल्लीमा ३५१ जनामा संक्रमण देखिएको छ। यस्तै तमिलनाडुमा ११७, गुजरातमा १३६ तथा केरलामा १०९ जना […]

Continue Reading