अन्जु न्यौपानेको ´लुकेको वासना’

बाँके माघ ५ गते ।साहित्यकार तथा उपन्यासकार अन्जु न्यौपानेको उपन्यास विमोचन गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको आयोजनामा बुधबार न्यौपानेको उपन्यास ‘लुकेको वासना’ विमोचन तथा परिचर्चा कार्यक्रम गरिएको हो । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जानको अध्यक्षतमा भएको कार्यक्रममा वरिष्ट साहित्यकार सनत रेग्मी प्रमुख आथिती रहेका थिए । प्रमुख अतिथि रेग्मी […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्य फेरि बृद्धि !

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले बुधबार पेट्रोल, डिजेल र मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य बृद्धि गरेको हो । मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ तथा डिजेल र मटितेल १२२ रुपैयाँ पुगेको छ । त्यस्तै आन्तरिक हवाई ईन्धनमा साविकको विक्री मूल्यमा प्रतिलिटर […]

Continue Reading

वैशाखमै स्थानीय तहको चुनाव गर्ने सहमति

काठमाडौँ । सत्तारुढ दलहरुको गठबन्धनले स्थानीय तहको चुनाव आगामी वैशाखमै गर्ने सहमति गरेको छ । निर्धारित समयमै चुनाव गर्न दलहरु सहमत भएको बताइएको छ । आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले वैशाखमै चुनाव गराउने सहमति गरेको हो । बैठकले संविधानको व्यवस्था अनुसार नै वैशाखमै चुनाव गर्नेमा […]

Continue Reading

कोरोना संक्रमण देखाएर पशुपतिनाथमा भक्तजनलाई रोक लगाइएको भन्दै विरोध

कोरोना भाइरसको संक्रमण देखाएर पशुपतिनाथमा भक्तजनलाई रोक लगाइएको भन्दै विरोध भएको छ । सरकारले बुधबारदेखि पशुपतिनाथ मन्दिरमा नित्यपूजाबाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरेकोमा सरोकारवालाले विरोध जनाएका हुन् । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानले नेपालमा हिन्दुहरुलाई मात्र रोक लगाउन थालिएको टिप्पणी गरे । ‘क्रिस्चियनका चर्च र इस्लाम धर्मका मस्जिद पनि छ । तर, हिन्दु धर्मालम्बी जाने मन्दिरमा मात्र […]

Continue Reading

जिल्ला प्रहरी कार्यालय बाँकेले ६ महिनाको ८८ जना लागू औषध कारोवारीलाई पक्राउ गरेको छ ।

बाँके माघ ४ गते ।जिल्ला प्रहरी कार्यालय बाँके प्रहरीले ६ महिनाको अवधिमा ८८ जना लागू औषध कारोवारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले आज नेपालगन्जमा पत्रकार भेटघाट कार्यक्रमको आयोजनागरी चालू आर्थिक वर्षको साउनदेखि पुष महिनासम्म ८८ जना कारोवारी पक्राउ गरेको जानकारी दिएको हो । प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेका अनुसार ती व्यक्तीहरुबाट दुई […]

Continue Reading

समयमा हाजिर नहुने ७३२ सरकारी कर्मचारीलाई कारबाही गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले मन्त्रालयसहितका विभिन्न कार्यालयमा गरेको अनुगमनमा तोकिएको समयमा कार्यालयमा हाजिर नहुने र तोकिएका पोसाक नलगाउने क्रम नरोकिएको जनाएको छ । केन्द्रका अनुसार चालु आर्थिक वर्षमा १४७ कार्यालयमा गरिएको अनुगमनमा ७३२ कर्मचारी तोकिएको समयमा कार्यालयमा नआएको पाइएको छ । यस्तै १५६ कर्मचारीले तोकिएको पोसाक नलगाएको फेला परेको केन्द्रका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए। […]

Continue Reading

वीरगञ्जमा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन

वीरगञ्ज । प्रदेश – २ को स्थायी राजधानी जनकपुर कायम भएसँगै वीरगञ्जमा मुख्यमन्त्रीको पुत्ला दहन गरिएको छ । विरगञ्जका स्थानीय युवाहरुले ‘मुख्यमन्त्री लालबाबु राउत गद्दी मुर्दाबाद’, ‘मुख्यमन्त्री चोर जिल्ला छोर’, ‘मुख्यमन्त्री चाहिँदैन वीरगञ्जलाई बेच्न पाइँदैन’ लगायतका नारा लगाउँदै मुख्यमन्त्री लालबाबु राउत गद्दीको पुत्ला दहन गरेको हो । वीरगञ्जको घण्टाघर स्थितबाट निकालिएको विरोध ¥याली नगर परिक्रमा गर्दै […]

Continue Reading

ज्येष्ठ नागरिकलाई सापकोटाद्वारा सम्मान

नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका–२०, मनिकापुरमा ज्येष्ठ नागरिकलाई सम्मान एवम् न्यानो टोपी वितरण गरिएको छ । स्थानीय समाजसेवी नवराज सापकोटाले व्यक्तिगत खर्चमा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई सम्मान एवम् टोपी वितरण गरेका हुन् । शनिशार मनिकापुरमा रहेको पशुपति मन्दिर परिषरमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरेर सापकोटाले एक सय बढी वृद्ध, वृद्धालाई सम्मानसहित टोपी वितरण गरेका […]

Continue Reading

२४ घण्टामा ४ हजार ६३६ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्। यो हिजोको भन्दा कम संक्रमित संख्या हो। हिजो एकैदिन ५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका थिए।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार पिसिआर परीक्षणबाट ३ हजार ७०३  र एन्टिजेन परीक्षणबाट ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा १४ हजार ५५६ जनामा कोरोना परीक्षण गरिएको थियो। देशभर २१ हजार […]

Continue Reading

ट्र्याक्टर दुर्घटना हुँदा सप्तरीमा एक मजदुरको मृत्यु

सप्तरी । सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक युवा मजदुरको मृत्यु भएको छ । स१त २७६ नंको ट्र्याक्टर माटो लिन जाने क्रममा अनियन्त्रित भई हनुमानगर कङ्कालिनी नगरपालिका–६ स्थित कोसीको पश्चिमी नहरमा पल्टिँदा सोही ठाउँका रामसेवक सदाको छोरा २३ वर्षीय धिरज सदाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । ट्र्याक्टरका चालक खाना खाइरहेको बेला ट्र्याक्टर गुडाएर सदा […]

Continue Reading