अवैध भारतीय रुपैयाँ र नक्कली नेपाली रुपैयाँसहित दुई जना पक्राउ

विशाल बस्नेत : नक्कली नेपाली रुपैयाँ र अवैध भारतीय रुपैयाँ प्रयोग गरेको आरोपमा आज महोत्तरीबाट दुई जना पक्राउ परेका छन् । भारतको विहारस्थित सितामाढी बस्ने ४० वर्षीय नुरुल होदा र सितामाढीकै सुरसण्ड-६ बस्ने ३९ वर्षीय उदय साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुवै जनालाई जिल्लाको फरक-फरक ठाउँबाट पक्राउ गरिएको हो । […]

Continue Reading

मोवाइल चोर्ने प्रहरीलाई कारबाही नभए कडा कदम चाल्ने चेतावनी

मोवाइल व्यवसायीहरूले बर्दीसहित पसल छिरेर मोवाइल चोर्ने प्रहरीलाई कारबाही नभए कडा कदम चाल्ने चेतावनी दिएका छन् । नेपाल मोवाइल व्यवसायी महासंघ विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको बताएको छ ।विज्ञप्तिमा सुरक्षामा खटिएका प्रहरीबाटै मोवाइल चोरिएको घटना अपत्यारिलो भएको र मोवाइल ८ माघ, काठमाडौं । मोवाइल व्यवसायीहरूले बर्दीसहित पसल l मोवाइल चोर्ने प्रहरीलाई कारबाही नभए कडा […]

Continue Reading

मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

बैतडी । मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कञ्चनपुर घर भएका २७ वर्षीय धनराम चौधरी रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । बझाङको देउलेकबाट बैतडीको शिवलिङ्गतर्फ आउँदै गरेको से६प ७९२१ नं को मोटरसाइकल बैतडीको सिगास–९ सिकनाडीमा दुर्घटनामा परेको हो । बिहीबार बेलुका ५ बजेतिर चौधरीले […]

Continue Reading

सरकारको निर्देशन अवज्ञा गर्ने निजी विद्यालयलाई कारबाहीको चेतावनी

काठमाडौँ महानगरपालिकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत महानगरपालिकाका केही निजी विद्यालय सञ्चालन भइरहेका छन्। कोरोना भाइरसको तेस्रो लहर तीव्ररूपमा बढिरहेको भन्दै सरकारले गत पुस २७ गतेदेखि सबै विद्यालय भौतिक उपस्तिथिमा सञ्चालन नगरी वैकल्पिक माध्ययमबाट सञ्चालन गर्न निर्देशन दिएको थियो। […]

Continue Reading

आज ३ बजे प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री बनेपछि देउवाले छ महिनाको अवधिमा पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाको समर्थनमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएका थिए। प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार […]

Continue Reading

शुक्रबार रातिदेखि सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने !

काठमाडौं । कोरोना संक्रमण रोकथा तथा न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा जोर–बिजोर प्रणाली लागू हुने भएको छ । उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले शुक्रबार (भोलि) रातिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । आज बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिःला अधिकारीहरुको संयुक्त बैठकले […]

Continue Reading

गायिका समीक्षाले भनिन्- समय आउँदैछ, अब यथार्थ खुलाउनेछु,

६ माघ, काठमाडौं । गायनमार्फत स्रोता-दर्शकको मन जितेकी पछिल्लो पुस्ताकी चर्चित गायिका समीक्षा अधिकारी पछिल्ला केही दिनयता फेसबुक स्टाटसका कारण पनि चर्चामा आउन थालेकी छन् । तीन दिनअघि उनले नारीलाई कमजोर नठान्न आग्रह गर्दै स्टाटस कोरेकी थिइन् । त्यसपछि ‘विस्तारै खुल्छ मुकुण्डो’ भन्दै अर्को स्टाटस कोरिन् । समीक्षाले बिहीबार फेसबुकमा अर्को स्टाटस पोस्ट गरेकी छिन् […]

Continue Reading

बढी शूल्क लिने शिक्षण संस्थामाथि कारबाही हुन्छ : मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले तोकेको शूल्क भन्दा बढी शूल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने बताएका छन् । बिहीबार सिंहदरबारमा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिसँगको छलफलका क्रममा उनले तोकेको शूल्कभन्दा बढी शूल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने बताएका हुन् । चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शूल्क लिने […]

Continue Reading

देशभर तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  काठमाडौंको आकाशमा बिहानैदेखि बाक्लो तुवालो लागेकाले केही चिसो महसुस गरिएको छ। बिहान छिटफुट वर्षासमेत […]

Continue Reading

विद्यालय शिक्षा सुधार्न, ५ वर्षमा साढे नौ खर्बको योजना,

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा सुधारका लागि १० वर्षे योजना ल्याएको छ । उक्त योजनाअनुसार पाँच वर्षभित्र नौ खर्ब ५३ अर्ब ४३ करोड रुपियाँ लगानी रहने मन्त्रालयले जनाएको छ । बाँकी पाँच वर्षमा खर्च हुने रकम भने पछि तय गरिने मन्त्रालयका योजना महाशाखाका सहसचिव डा. तुलसी थपलियाले जानकारी दिए । उनका अनुसार […]

Continue Reading