पछिल्लो १० वर्षमा सबैभन्दा बढी जनसंख्या लुम्बिनी प्रदेशमा 

पछिल्लो १० वर्षमा सबैभन्दा बढी जनसंख्या वृद्धिदर लुम्बिनी प्रदेशमा रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ।  २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा अनुसार प्रदेशगत रुपमा वार्षिक जनसंख्या वृद्धिदर हेर्दा ७ वटा प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५ प्रतिशत प्रतिवर्ष छ। १० वर्षमा ६ लाख २४ हजार ९ सय ५३ अर्थात १३.८९ प्रतिशत वृद्धिदर रहेको छ। सबै भन्दा […]

Continue Reading

संक्रमित हुँदा पनि काम गर्नुपर्ने बाध्यता

भारतबाट आएका नागरिकको स्वास्थ्य परीक्षण गर्न गौरिफन्टा नाकामा खटिएका स्वास्थ्यर्की आफै कोरोना संक्रमित हुँदा खाने व्यवस्थासमेत नभएर समस्यामा परेका छन् । सीमा नाकामा कार्यरत स्वास्थ्यकर्मीमध्ये १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित स्वास्थ्यकर्मी सीमामै रहेको सुरक्षा भवनलाई आइसोलेसन बनाएर बस्दै आएका छन् । तर खाने व्यवस्थासमेत नहुँदा उनीहरू समास्यमा परेका छन् । ‘घर जाउँ भने […]

Continue Reading

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय तथ्याँक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै नेपालको जनसंख्या  २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जानकारी दिएको हो । नेपालमा पुरुषको तुलनामा महिलाको संख्या धेरै छ । जसमा पुरुषको जनसंख्या १ करोड ४२ […]

Continue Reading

मन्त्री साहबाटै मापदण्ड उल्लंघन, छाेरीकाे बिहेमा पाँच हजारलाई आमन्त्रण

कोरोना महामारीका कारण २५ जनाभन्दा बढी भिडभाड गर्न नपाइने, सभा, सम्मेलन, भोज आयोजना गर्न वा गराउन नपाइने जस्ता मापदण्ड जारी गरिएकाे छ ।  तर,मधेस प्रदेश सरकारका सूचना, सञ्चार तथा संघीय मामिलामन्त्री भरतप्रसाद साहले पाँच हजारभन्दा बढी निमन्त्रणा कार्ड वितरण गरेर कोरोना मापदण्डको खुलेआम धज्जी उडाएका छन । १३ माघमा मन्त्री साहकी छोरी मेघा साहको विवाह रौतहट […]

Continue Reading

जनकपुरधाम तनावग्रस्त

१२ माघ, काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि सातवटै प्रदेशमा निर्वाचन जारी छ । मतदानको समय अपराह्न तीन बजेसम्म तोकिएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मधेश प्रदेशमा पटक–पटक झडप भए पनि अन्य प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको […]

Continue Reading

एसइई वैशाखमै र कक्षा १२ को परीक्षा जेठमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसइई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा सञ्चालन […]

Continue Reading

सिटिजन बैंकमा एक सेवाग्राही कुटिए

महोत्तरी : गौशालास्थित सिटिजन बैंकमा एक सेवाग्राही कुटिएका छन्। मंगलबार आफ्ना भतिजाको लागि खाता खोलाउन गएका गौशाला नगरपालिका १२ का संजय महतोमाथि बैंकमा खटिएका सुरक्षाकर्मीले हातपात गरेका हुन। प्रत्यक्षदर्शी गौशाला १२ का राजकुमार महतोले भने, ‘बैंकमा त्यतिबेला भिड थिएन् । कर्मचारीसँग सोध्न गएको समयमा कार्यरत सुरक्षाकर्मीले हातपातमा उत्रिएका हुन्। उनका आफन्तले छोडाउन गएको समयमा उनीहरु पनि […]

Continue Reading

बालिकालाई जबर्जस्ती करणी गर्नेलाई १८ वर्ष कैद

परासी । नवलपरासी जिल्ला अदालतले बालिकालाई जबर्जस्ती करणी गर्ने एक प्रतिवादीलाई अठार वर्ष कैद सजाय सुनाएको छ । सजाय पाउनेमा बर्दघाट नगरपालिका–१२ बस्ने प्रकाश पौडेल रहेको जिल्ला अदालतले जनाएको छ । प्रतिवादी पौडेलले गत २०७७ साल मङ्सिर १६ गते स्थानीयवासी १० वर्ष सात महिनाकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लागेको थियो । जिल्ला अदालतका न्यायाधीश अशोककुमार […]

Continue Reading

हत्या गरेको अभियोगमा पक्राउ

धनकुटा, आफ्नै श्रीमती ५५ वर्षीया सिता श्रेष्ठको हत्या गरेको अभियोगमा धनकुटा नगरपालिका-४ छारागाँउ बस्ने ५५ बर्षीय सिताराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । गत पुस १६ गते बेलुका देखि सिता श्रेष्ठ र सिताराम श्रेष्ठ हराई बेपता भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले सितारामलाई आइतबार काठमाडौंबाट फेला पारी पक्राउ गरेको थियो […]

Continue Reading

सेयर बजार फेरि घट्यो !

मंगलबार पनि सेयर बजार घटेको छ। आज सेयर बजारको परिसूचक ५.९२ अंकले घटेर २८१४.७४ पुगेको हो। दिनभरमा २२९ कम्पनीको ९७ लाख ८४ हजार २७७ सेयर किनबेच हुँदा ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँको कारोबार भएको छ। त्यस्तै, कारोबार भएका कुल कम्पनीमध्ये  १०२ कम्पनीको मूल्य घटेको छ भने जम्मा ६९ कम्पनीको मूल्य […]

Continue Reading