निर्वाचन आयोगविरुद्ध परेका दुई रिटमा आज सुनुवाइ हुँदै !

काठमाडौं । निर्वाचन आयोगविरुद्ध परेका दुई रिटबारे आज (मंगलबार) सुनुवाइ हुने भएको छ । ‘नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको विरोधमा सर्वोच्च अदालतमा परेको रिट दायरपछि आज सुनुवाइ हुने भएको छ । सोमबार अधिवक्ता अनिल आचार्यले ‘नो नट अगेन’ लाई बन्देज गर्ने गरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए । […]

Continue Reading

आज छठपर्वको मुख्य दिन , अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी मनाइँदै !

काठमाडौं । छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू […]

Continue Reading

आज भाइटिका, टिकाको उत्तम साइत बिहान ११:३७ बजे !

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनुसार कात्तिक १० गते बिहीबार बिहान ११:३७ बजे भाइटिकाको साइत उत्तम रहेको छ । यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ । कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने […]

Continue Reading

सयपत्री फूलको अत्यधिक माग, स्कुल छाडेर फूल खेती, मनग्गे आम्दानी ! 

९ कात्तिक, भरतपुर । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उहाँलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले अहिले चार बिघामा फूल रोप्नुभएको छ । सयपत्री फूलको माग […]

Continue Reading

नेपालसँग बङ्गलादेशले ५० मेगावाट बिजुली खरिद गर्ने !

काठमाडौं । बङ्गलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ । प्रधानमन्त्री शेख हसिनासँग बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आज गरेका शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले सो विषय जानकारी गराएका हुन् । सन् २०४० सम्म बङ्गलादेशले कूल नौ हजार मेगावाट बिजुली खरिद गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ । बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव […]

Continue Reading

आज तिहारको चौथो दिन : गोवर्द्धन, बलि, गोरु र हली पूजा !

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चकअर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन […]

Continue Reading

पुस्तकालयका नाउँमा सामुदायिक विद्यालयमा बजेट लूट !

देशका नीति–निर्माताहरूलाई एउटा विद्यालयमा पुस्तकालय चाहिन्छ भन्ने तत्वबोध ढिलै भए पनि भयो । थुप्रै दाता समेतगुहारेर तीन वर्षअघिबाट सरकारले सामुदायिक विद्यालयहरूलाई पुस्तक किनेर बालबालिकाका निम्ति उपयोगी पुस्तकालय बनाउन एकमुष्ट रु.६ लाख ५० हजारका दरले अनुदान दिन थाल्यो । अहिलेसम्म देशभरका ३,७०३ वटा विद्यालयले सो अनुदान पाइसकेका छन् र त्यसमा सरकारले झण्डै रु.३ अर्ब बजेट निकासा […]

Continue Reading

प्राधिकरणले ५ सर्तमा, प्याराग्लाइडिङमा लागेको प्रतिबन्ध खुला गरेको छ !

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध खुला गरेको छ। प्राधिकरणले प्याराग्लाइडिङ भोलि (शनिबार) बाट खुला गर्ने निर्णय गरेको हो। प्याराग्लाइडिङ उडान खुला गरे पनि सञ्चालनका लागि प्राधिकरणले ५ वटा सर्त राखेको छ। सर्तहरू यस्ता छन्- १. प्याराग्लाइडिङ उडानलाई थप नियमित सुरक्षित तथा व्यवस्थित बनाउन प्राधिकरणले व्यावसायिक रूपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र व्यवसायिक उडानबाहेक […]

Continue Reading

बढ्यो महँगी तराईमा !

काठमाडौं: तराई–मधेसमा मूल्यवृद्धि अपेक्षित अङ्कभन्दा माथि रहेको पाइएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालू आवको पहिलो दोस्रो महिनाको अन्त्यसम्ममा तराईमा उपभोक्ता मुद्रास्फीति नौ दशमलव ३३ प्रतिशत बराबर छ। केन्द्रीय बैंकका अनुसार २०७८ भदौमा तराईको उपभोक्ता मुद्रास्फीति तीन दशमलव ६५ प्रतिशत बराबर थियो । गत भदौ महिनामा काठमाडौँ उपत्यकामा सात दशमलव ६२ प्रतिशत पहाडमा आठ […]

Continue Reading

स्वास्थ्य परामर्श तथा घुम्ती सेवाबाट मुगुम कार्मारोङका नागरिक लाभान्वित !

मुगु- १७ वटा गाउँ वस्ति रहेको यस मुगुम कार्मारोङ गाउँपालिकामा स्वास्थ्य सचेतना , रोकथाम तथा उपचारका निम्ति निशुल्क  स्वास्थ्य परामर्श तथा घुम्ती सेवा सञ्चालन  भइरहेको छ। जन्तरगत   गत  शनिबार वडा न ५ सेरोग गाउँमा सेवा दिइएको छ।   उक्त गाउका बिरामीलाई दन्त सेवा  तथा अन्य  चेक जाँच र स्वास्थ्य परामर्श दिइएको छ। उक्त कार्यमा वडा […]

Continue Reading