ठाउँ ठाउँमा बम राखेर आतंक फैलाउँने नाै जना पक्राउ

सार्वजनिक स्थानमा बम राखेर आतंक फैलाउँदै आएका नाै जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक र बिर्तामोडको सार्वजनिक स्थानमा प्रेसर कुकर बम राखेर आतंक फैलाउनेलाई पक्राउ गरी बिहीबार प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मन्दिरका पुजारीदेखि लागुऔषध मुद्दामा फरार रहेकासमेत रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गौरादह-२ का ३८ वर्षीय सुमनकुमार कार्की, कनकाई-३ […]

Continue Reading

शनिबार केयर सिटी हस्पिटलमा निशुल्क स्वास्थ्य परिक्षण हुँदै

नेपालगन्ज : नेपालगन्ज भुजइगाउँमा रहेको केयर सिटी हस्पिटल एण्ड रिसर्च सेन्टरमा फागुन ७ गते शनिबार निशुल्क स्वास्थ्य परिक्षण हुने भएको छ । केयर सिटी हस्पिटल एण्ड रिसर्च सेन्टरमा बालरोग विशेषज्ञ डा. बिष्णु कुमार थापा तथा फिजिसियन डा. रन्जित पाण्डेद्वारा शनिबार एक दिने निशुल्क स्वास्थ चेकजाँच हुने भएको हो । अस्पतालले अग्रिम बुकिङको लागि सम्पर्क नम्बर […]

Continue Reading

आज प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो ?

आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आजै टेबुल गर्नुपर्ने प्रस्ताव गरेको छ संघीय संसद सचिवालयले हिजो सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी विषय उल्लेख छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने तथा डा. दुमनसिंह […]

Continue Reading

देशभर शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कानून विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गरी देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई त्यस्तो निर्देशन दिएको हो ।

Continue Reading

आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमानलाई साढे तीन वर्ष कैद

३ फागुन, डोटी । बैवाहिक बलात्कारका आरोपित एक व्यक्तिलाई उच्च अदालत दिपायलले तीन बर्ष ६ महिना कैद सजाय सुनाएको छ । गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई बलात्कार गरेको अभियोगमा सोमबार उच्च अदालत दिपायलले अछामका २५ वर्षका युवकलाई तीन वर्ष ६ महिना कैदको फैसला गरेको हो । अछामकी एक महिलाले श्रीमान्ले बहुबिवाह गरेको भन्दै प्रहरीमा […]

Continue Reading

भोलि एमसिसी टेबल हुन्छ, प्रधानमन्त्री देउवा !

ओली सरकारले एमसिसी संसदमा दर्ता गरेको हो, अहिले प्रमुख सचेतकले एमसिसी पास गर्ने षडयन्त्र भन्नु उदेकलाग्दो’ प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबारको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी टेबल हुने बताएका छन्।   मंगलबार बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देउवाले यसबारे आफूले सभामुख अग्नि सापकोटासँग परामर्श गरिसकेको बताए। […]

Continue Reading

सेनासँग मागियो सहयोग मेलम्ची मुहानका ठूला ढुङ्गा हटाउन

३ फागुन, काठमाडौं । मेलम्ची खानेपानी आयोजना पुर्ने ढुङ्गा, माटो, बालुवा गिट्टीसहितको गेग्य्रान हटाउने काममा नेपाली सेनासँग पनि सहयोग मागेको छ । ठेकदार चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो परिचालन भएर काम सुरु गरेलगत्तै साइटमा ठूला-ठूला ढुङ्गाहरु भेटिएपछि आयोजनाले सेनासँग सहयोग मागेको हो । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रकुरमा पन्तका अनुसार ठेकदारसाग उपलब्ध यन्त्र उपकरणले ठूला […]

Continue Reading

डाक्टर आश्री सिंहद्धारा आनन्द आयल स्टोरको उद्घाटन

शैक्षिक क्षेत्रमा एउटा छुट्टै पहिचान बनाउन सफल सञ्जय सिंहले नेपालगन्जमा पेट्रोल पम्प सञ्चालनमा ल्याएका छन् । नेपालगन्जको पुष्पलाल चोक र कारकाँदो चोकको बीचमा रहेको उक्त पेट्रोल पम्म आनन्द आयल स्टोरको नामबाट सञ्चालनमा आएकोछ । उक्त पेट्रोल पम्पको उद्घाटन डाक्टर आश्री सिंहले गरेके हुन । आईतबार एक कार्यक्रम विच डाक्टर सिंहल गाडीमा पेट्रोल हालेर उद्घाटन गरेकी […]

Continue Reading

नेपालगन्जमा एमसीसीको बिरुद्धमा बृहत प्रदर्शन

नेपालगन्ज : लामोसमय देखि बिबादास्पद अमेरिकी परियोजना एमसिसीको बिरुद्धमा नेपालगन्जमा आइतबार बृहत प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी बाँकेका मोर्चा फाटको आयोजनामा अमेरिकी परियोजना एमसिसीको बिरुद्धमा नेपालगन्जमा बृहत बिरोध प्रदर्शन गरिएको हो आइतबार नेपालगन्जको धम्बोझी चोक देखी सुरु भएको एमसिसी बिरुद्धको बिरोध र्‍याली पुष्पलाल चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । बिरोध […]

Continue Reading

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । महाभियोग […]

Continue Reading