आज रुसले आफ्नो ‘विरोधी देश’को सूची निकाल्यो, कुन–कुन परे ?

एजेन्सी । रुसले आफ्ना ‘विरोधी देश’को सूची अनुमोदन गरेको छ । रुस सरकारले आफ्ना सुरक्षा बलले उसकै शब्दमा युक्रेनमा ‘विशेष सैन्य कारबाही’ सुरु गरेपछि आफ्नो देश, कम्पनी र नागरिकमाथि प्रतिबन्ध लगाउने देश र क्षेत्रका नामहरू समेटेको सूची अनुमोदन गरेको हो । यी हुन् रुसका ‘विरोधी देश’हरू : १. संयुक्त राज्य अमेरिका२. क्यानडा३. युरोपियन युनियनमा आवद्ध देशहरू४. संयुक्त […]

Continue Reading

मोटरसाइकलको ठक्करबाट चेकिङ्गमा खटिएका प्रहरी हवल्दार शाहीको मृत्यु, जवान गम्भीर घाइते

बाँके फागुन २३ गते ।नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी हवल्दार भुपेन्द्रा शाहीको मृत्यु भएको छ, भने प्रहरी जवान नरेश चौधरी गम्भीर घाईते भएका छन् । प्रहरीलाई नेपालगन्ज कोहलपुर सडक खण्डको राँझा चोकमा सोमबार राति करिव साढे आठ बजेको समयमा भे १० पा ४७५७ नम्बर प्लेटको टिभिएस अपाचि मोटरसाइकलले ठक्कर दिएको थियो । नेपालगन्जबाट कोहलपुरतर्फ […]

Continue Reading

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर मनाइँदै

काठमाडौं । ११२ औं अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । राजनीतिक तवरबाट […]

Continue Reading

चीन र नेपालको उत्तरी नाका समस्याबारे चीनसँग छलफल

काठमाडौं : चीनसँग उत्तरी नाकामा देखिएको समस्या समाधानका लागि नेपाल सरकारले चीनसँग आग्रह गरेको छ। मन्त्रालयमा सोमबार आयोजित पत्रकारसम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री नारायण खड्काले भने, ‘उत्तरी नाकालाई सञ्चालन गराउन सरकारले आफ्नो तर्फबाट पहल गरिरहेको छ।’ चिनियाँ परराष्ट्रमन्त्री वाङ यी सँगको एक घण्टा लामो छलफलमा पनि उत्तरी नाकाको समस्याको प्रस्ताव राखेको बताए। ‘चीनले कोभिडको कारणबाट देखाएको छ। आर्थिक रूपमा हामीलाई […]

Continue Reading

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, कुटपिटपछि कार्यालय बन्द

वीरगन्ज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षबीच कुटाकुटपछि उपाध्यक्षले अध्यक्षको दाँत झारिदिएको घटना सेलाउन नपाउँदै पर्साको सखुवाप्रसौनी गाउँपालिकाकाको नयाँ घटना बाहिर आएको छ । आइतबार दिउँसो गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार जैसवाल र उपाध्यक्ष फुलमती कुमारी थरुइनबीच विवादका क्रममा कुटाकुट भएको हाे। अध्यक्ष जैसवालसँग गाउँपालिकाभित्र भएको विकास निर्माण र गाउँपालिकाको ८ औं गाउँसभाबारे जानकारी माग्दा अध्यक्षको समूहले […]

Continue Reading

तनहुँ प्रहरी कार्यालय सुनसान छ, लाखापाखा लागे युट्युबर !

काठमाडौं । दिनहुँजसो नाराबाजी, भीडभाड हुने स्थान तनहुँको प्रहरी कार्यालय अहिले सुनसान छ । न कुनै युट्युबहरुको ‘ग्याङ्ग’ छ न त आफूलाई जबर्जस्त सामाजिक अभियन्ता भन्नेहरुको नै भीड छ । हो, अहिले सुनसान छ, तनहुँ प्रहरी कार्यालय । नाबालिग बालिकासँग जबर्जस्तीकरणी गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाह यत्तिबेला यहीँ सुनसान रहेको प्रहरी कार्यालयको हिरासतमा छन् […]

Continue Reading

सब्बिर अन्सारीले गरे वडा अध्यक्षको उम्मेदवारी घोषणा

बाँके फागुन २३ गते ।स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै चुनावी गतिविधिहरु बढ्न थालेका छन् । उम्मेदवारी घोषणासँगै मतदातामाझ भेटघाट गर्ने र आफ्ना चुनावी एजेन्डाहरु राख्नेक्रम सुरु भएको छ । यसैक्रममा नेकपा एकिकृत समाजवादीका नेता मोहम्मद सब्बिर अन्सारीले नेपालगन्ज उपमहानगरपालिका–५ को वडाअध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले आगामी बैशाख ३० गते हुने चुनावका लागि वडा […]

Continue Reading

काठमाडौंमा जागिर लगाइदिने बहानामा ठगी गर्ने ९ जना पक्राउ

२३ फागुन, काठमाडौं । जब सेन्टरको नाममा ठगी गर्ने गिरोहका ९ जनालई महानगरीय प्रहरी अपराध महाशशाखाको टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ । जागिर लगाइदिने बहानामा प्रतिव्यक्ति ६ हजार रुपैयाँसम्म ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा छत्रदेव-६ अर्घाखाँचीका २६ वर्षीय अमर पाण्डे, ३२ वर्षीय तिलकराम […]

Continue Reading

भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु

कपिलवस्तु फागुन २३ गते ।कपिलवस्तुको ओदारीमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाणगंगा नगरपालिका-११ ओदारीमा एमपी ०८ जीए ४०६८ नम्बरको ट्रकले ठक्कर दिंदा स्थानीय अटो रिक्सा चालक २६ वर्षीय अनिल गाहा मगरको मृत्यु भएको हो । लु१ह १९२३ नम्बरको अटो रिक्सालाई ठक्कर दिएपछि करिब ५० मिटर परसम्म […]

Continue Reading

दुई दिनको शिशुसहित एकै परिवारका ५ जनाको मृत्यु

२३ फागुन, काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । चार जनाको घरभित्रै र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ललितपुर प्रहरीका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्माको मृत्यु भएको हो । उनीहरु आफ्नै घरभित्र […]

Continue Reading