आयल निगम घेराउ पेट्रोलियम मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारी

काठमाडाैँ । पेट्रोलियम पदार्थमा भइरहेको उच्च मूल्यवृद्धिको विरोधमा अखिल (क्रान्तिकारी) ले नेपाल आयल निगम घेराउ गरेको छ । नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिलले आज निगमको टेकुस्थित केन्द्रीय कार्यालय घेराउ गर्दै नाराबाजी गरेको हो । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुनुपर्ने मागसहित अखिलले निगम घेराउ गर्दै विरोध प्रदर्शन गरेको छ ।

Continue Reading

खाजा खर्च र बसभाडा पनि पुग्दैन नेपालमा नर्सको तलब !

काठमाडौं । काठमाडौँ चाबहिलकी तुलसा जोशीले सात वर्षअघि बीएस्सी नर्सिङ पूरा त गरिन् तर भनेजस्तो काम पाउनुभएन । भक्तपुरको ठिमीस्थित एक अस्पतालले दुई\तीन महिना काम गरेपछि बल्ल सात हजार रुपियाँ दियो । उनको बीएस्सी नर्सिङ अध्ययन गर्दा पढाइ खर्च नै १२ लाखभन्दा बढी भइसकेको थियो । पाएको तलबले खाजा खर्च र बसभाडा पनि नपुग्ने स्थिति थियो […]

Continue Reading

आजदेखि म्यादी प्रहरीमा दरखास्त खुल्यो ! ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आवेदन दिन पाउने ?

स्थानीय तह निर्वाचनका लागि खुलाएको म्यादी प्रहरीमा आजदेखि आवेदन दिन पाउने भएका छन्।  ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आजदेखि आवेदन दिन पाइने भएको हो। यसका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन्।  भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्ने […]

Continue Reading

अन्तत ‘पिर’ गीत युट्युब च्यानलबाट हटाइयो !

काठमाडौं । गायक प्रकाश सपुतले एक साताअघि ल्याएको आफ्नो नयाँ गीत ‘पिर’ युट्युब च्यानलबाट हटाएका छन् । शनिबार साँझसम्म एक सातामै एक करोड ४ लाखभन्दा बढी भ्युज पाएको पूरानो गीतलाई हटाएर दृश्य सम्पादन गरेर लाइभ प्रिमियर गरेका हुन् । नेकपा माओवादीका नेता तथा कार्यकर्ताको चौतर्फी विरोधपछि गायक सपुतले युट्युबबाट गीत हटाउन बाध्य भएका छन् । किनकि […]

Continue Reading

पर्यटनमन्त्री प्रेम आलेले भने आगामी निर्वाचनमा एमालेले ठूलो पराजय व्यहोर्नुपर्छ !

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आगामी निर्वाचनमा एमालेले ठूलो पराजय व्यहोर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा गौरीशंकर च्छोरोल्पा मिडियाको दोश्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले आगामी निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने दाबी गरेको एमालेले ठूलो पराजय व्यहोर्नुपर्ने बताएका हुन् । उनले एमाले सरकारको पालामा बतासलाई कौडीको भाउमा नारायणहिटी र […]

Continue Reading

नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटना ! विमानमा कति जना सवार थिए ?

नर्वे : चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटना भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ। नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई थाहा छ र हाल घटनाको मूल्याङ्कन गरिरहेको अमेरिकी मरीन कोर्प्सका प्रवक्ताले बताए।  यसअघि नर्वेली उद्धार केन्द्रले खोजी कार्य जारी रहेको बताएको थियो। अमेरिकी सेनाले नर्वेजियन अधिकारीहरूलाई खोज र […]

Continue Reading

तुलसीपुर ३ का आधा दर्जन गाउँ काकाकुल, खान पकाउन पानी कुर्दै !

तुलसीपुर : स्मार्ट सिटीको नाम दिइएको तुलसीपुर बजारदेखि १३ किलोमिटर दूरीमा रहेको कल्ले–बल्लेका बासिन्दा अहिले  पानी नपाउँदा काकाकुल बनेका छन्। धारा जडान गरिएको छ। घरअगाडि नै पाइप पुगे पनि पानी आउँदैन। बर्सातमा पानीको सहज आपूर्ति हुने भए पनि हिउँदमा भने तुलसीपुर उपमहानगरपापिलका–३का आधा दर्जन गाउँ काकाकुल हुन्छन्। धारामा पानी नआएपछि तीन घण्टा हिँडेर खेलाबाट पानी ल्याउनुपर्छ। खोलामा […]

Continue Reading

ओलीले देउवालाई भने- तपाईं जेष्ठ नागरिक हो सूर्य चिन्हमा भोट हाल्नुस् !

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवाले सूर्य चिन्हमा भोट हाल्ने बताएका छन्। पार्टीको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीसमेत रहेका देउवालाई व्यंग्य गरेका हुन्। कांग्रेसले कुनै बेला कम्युनिष्ट सरकारले ६० वर्ष पुगेकालाई गोली ठोक्छ भनी भ्रम फैलाएको उल्लेख गर्दै उनले कांग्रेसले चुनाव प्रचारप्रसारका लागि जे पायो […]

Continue Reading

नेपालगन्जका अगुवा व्यवसायी तथा माओवादी केन्द्रका नेता दामोदर आचार्यको निधन !

बाँके चैत्र ५ गते ।नेपालगन्जका व्यवसायी अगुवा तथा माओवादी केन्द्रका नेता दामोदर आचार्यको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित आचार्यको ५९ वर्षको उमेरमा शनिबार आज बिहान निधन भएको हो । नेपालगन्ज न्यूरोडमा घर भएका आचार्यको शनिबार बिहान करिब ९ बजेको समयमा भेरी अस्पताल नेपालगन्जमा उपचारकै क्रममा निधन भएको हो । नेपालगन्ज उद्योग […]

Continue Reading

नेपालका १० जिल्लामा फैलियो बर्डफ्लु, नियन्त्रण गर्न कठिन !

काठमाडौँ । १० जिल्लामा बर्डफ्लु देखिएको छ। हालसम्म बर्डफ्लु नियन्त्रणमै रहेको दाबी गरिए पनि यही क्रममा बढ्दै गए कठिन हुनसक्ने चिन्ता व्यक्त गरिएको छ । बर्डफ्लु तीव्र रूपमा फैलन थालेकाले यसको नियन्त्रण गर्न पशु सेवा विभागसँग जनशक्ति र रकम अभाव भएको छ। विभागका प्रवक्ता डा. चन्द्र ढकालले १० वटा जिल्लाका विभिन्न स्थानमा बर्डफ्लु फैलिएको भेटिए पनि […]

Continue Reading