सडक विभागले इलामदेखि जाजरकोटसम्म नौवटा सुरुङमार्ग निर्माण गर्ने !

काठमाडौं । अप्ठ्यारो र घुम्ती सडकको दूरी छोट्याई सवारी आवागमन सहज बनाउने उद्देश्यसहित सडक विभागले विभिन्न स्थानमा प्रस्तावित नौवटा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि विभागले कम्पनी छनोटको प्रक्रिया सुरु गरेको हो । सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटका लागि राष्ट्रिय कम्पनीहरूसँग आशयपत्र माग गरिएको सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा […]

Continue Reading

चार दशमलव दुई रेक्टर स्केलको भूकम्प !

काठमाडौं । आज ताप्लेजुङ केन्द्र भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४ः३९ मिनेटमा भूकम्प गएको हो । गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलका ५०० भूकम्प गइसकेको छ । यो खबर news24 मा छ ।

Continue Reading

शंखमुलमा युवकमाथि दिउँसै खुकुरी प्रहार !

काठमाडौंको शंखमुलमा एक युवकमाथि खुकुरी प्रहार भएको छ।  बुधबार दिउँसो शंखमुल पुल नजिकै दुई जनाबीच झगडा हुँदा एक जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनीहरू दुबै जना चिनजानकै मानिसहरू रहेको मैनालीले बताए। घाइतेको टाउको र हातमा चोट लागेको प्रहरीले जनाएको छ।  उनको उपचारको लागि सिभिल अस्पताल पठाइएको छ। […]

Continue Reading

कैलालीमा खतरा लेखिएको प्रेसर कुकरभित्र भेटिए चार तोला सुनका गहना !

कैलालीमा खतरा लेखेर सडकमा राखिएको प्रेसर कुकरभित्र गहना फेला परेका छन्। मंगलबार बिहान गोदावरी नगरपालिका-१ बनखेतस्थित नवीन साहुको घरअगाडि खतरा लेखिएको प्रेसर कुकरभित्र सुनका गहना फेला परेका हुन्। गेटअगाडि शंकास्पद वस्तु फेला परेपछि साहुका घरपरिवार र छिमेकीले प्रहरीलाई  जानकारी गराएका थिए। सूचना पाएपछि इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली गएको थियो। प्रहरीले सेनासँग बम डिस्पोजल […]

Continue Reading

सडक निर्माणका क्रममा पहिरोले स्काभेटर पुरिँदा सडक अवरूद्ध !

सल्यान चैत ९ गते ।सडक निर्माणका क्रममा झरेको सुख्खा पहिरोले स्काभेटर पुरिएपछि राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड अवरूद्ध भएको छ। सल्यानको कपुरकोट ३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्ने क्रममा मंगलबार बेलुकी खसेको पहिरोले बा २ क ८०७७० नम्बरको स्काभेटर पुरिएको हो। पहिरोमा परेर स्काभेटर चालक हिमनाथ योगी सामान्य घाइते छन्। घटनास्थलमा अर्को एउटा स्काभेटर भए […]

Continue Reading

आफ्नै १२ वर्षकी बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ !

बझाङ । आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा बझाङमा १९ वर्षका किशोर पक्राउ परेका छन् । उनले आफ्नै १२ वर्षकी बहिनीलाई गाई गोठमा लगेर बलात्कार गेरको खुलेको हो । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार ती किशोरले गत चैत ६ गते बेलुका ५०० रूपैयाँ दिने लोभ देखाएर आमा नभएको बेला गोठमा लगेर मोवाइलमा भिडियो देखाई बलात्कार गरेको खुलेको […]

Continue Reading

लागू औषध दुर्ब्यसनी, विभेद र हिंसाको बारेमा सरोकारवाला निकाय संग छलफल !

नेपालगन्ज : रिकभरिङ नेपालले नेपालगन्जमा लागू औषध दुर्ब्यसनीहरुले भोग्दै आएका विभेद र हिंसाको बारेमा सरोकारवाला निकाय संग छलफल गरेको छ । लागू औषध प्रयोगकर्ताले परिवार, समाज र राज्यका विभिन्न अंगबाट भोग्दै आएका विभेद र हिंसा कसरी कम गर्न सकिन्छ र उनिहरुलाई कसरी उपचारमा सरिक गराउन सकिन्छ भनेर नेपालगन्जमा सरोकारवाला निकाय संग रिकभरिङ नेपालले समन्वय सहितको […]

Continue Reading

आफन्त कुर्दा विमानस्थलको प्रतिक्षालयमा सय रुपैयाँसम्म शुल्क !

८ चैत, काठमाडौं । साउदी अरेबियाबाट फर्किंदै गरेको नातिनी लिन सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको लामो टहरामा नुवकोटकी ६९ वर्षीया कान्छीमाया दोङलाई आधा घण्टाभन्दा बढी उभिन समस्या पर्‍यो । आगमन कक्षको एउटा प्रतिक्षालयमा मान्छेहरु बसिरहेको देखेपछि त्यतै जान लाग्दा सेक्युरिटी गार्डले दोङलाई रोक्दै भने, ‘कुर्सीमा बस्ने भए टिकट काटेर आउनुस्’ । विमानस्थलमा यसअघि पनि नातिनी […]

Continue Reading

चालू आर्थिक वर्षको साउनदेखि बैंकसँग लगानीयोग्य तरलताको अभाव !

चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जम्मा १ खर्ब ३२ अर्ब १२ करोड निक्षेप थपिएको छ । सोही अवधिमा कर्जा भने ४ खर्ब ५१ अर्ब २४ करोड रूपैयाँ विस्तार भएको छ । आठ महिनाको अवधिमा निक्षेप १ खर्ब ३२ अर्ब र कर्जा ४ खर्ब ५१ अर्ब प्रवाह भएका कारण बैंकसँग लगानीयोग्य तरलताको अभाव भएको हो […]

Continue Reading

निर्माण सामग्रीमा मूल्यवृद्धि : विरोधमा उत्रिए कञ्चनपुरका व्यवसायी !

कञ्चनपुर । निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको विरोधमा कञ्चनपुरका निर्माण व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई सोमबार ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले यहाँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका हुन । निर्माण व्यवसायी सङ्घ कञ्चनपुरले निर्माण कार्यमा मूल्य समायोजन गर्न ज्ञापनमार्फत मागसमेत गरेको छ । निर्माण व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष प्रेमप्रकाश भट्टले निर्माण सामग्रीको मूल्य […]

Continue Reading