साझा सवालमा देउवालाई प्रश्न सोधेर चर्चित बनेका सागर देउवाविरुद्ध चुनाव लड्न डडेल्धुरा जाँदै !

पाँच वर्षअघि बिबिसीमा प्रसारण हुने साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न सोधेर चर्चित बनेका सागर ढकाल संसदीय चुनाव लड्ने तयारीका साथ डडेल्धुरा पुगेका छन्। उनले केही समयअघि प्रधानमन्त्रीविरुद्ध डडेल्धुराबाटै संसदीय चुनाव लड्ने बताएका थिए। प्रधानमन्त्रीविरुद्ध उनकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका सागर त्यसकै तयारीका लागि डडेल्धुरा पुगेको  उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। […]

Continue Reading

विषालु जंगली च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी !

विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी परेका छन्। मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन्। बिरामी पर्नेमहा १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन्। उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले […]

Continue Reading

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन प्रतिवेदन तयार पार्दै संसदीय समिति !

११ साउन, काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आजबाट प्रतिवेदन लेख्ने प्रक्रिया सुरु गर्दैछ । समितिका सभापति लक्षमणलाल कर्णले हालसम्मको अध्ययन अनुसन्धानको विश्लेषण गरेर आजबाट प्रतिवेदन लेख्ने प्रक्रिया सुरु गर्ने बताए । समितिका सचिव सुरेन्द्र अर्यालले समितिले बुझ्नुपर्ने विषय बुझिसकेकाले आज थप छलफल गर्ने र प्रतिवेदन लेख्न थाल्ने […]

Continue Reading

एसईईको नतिजा साउन ११ गते सार्वजनिक गरिने !

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रक अर्जुन रायमाझीले उक्त जानकारी दिएका हुन् । यसअघि नै कक्षा १० को परीक्षाफल प्रकाशित गर्ने भनेको थियो तर पटक–पटक नतिजा सारिएको थियो । परीक्षा नियन्त्रक रायमाझीका अनुसार एसईईको नतिजा भोलि प्रकाशित हुने पक्का भएको छ । ०७८ […]

Continue Reading

धरानका मेयर हर्क साम्पाङको समेत स्वर रहेको हाइकिङ गीत सार्वजनिक !

धरानमा हाइकिङ जाने प्रचलनलाई ब्यापकता बनाउनमा ठूलो भूमिका निभाउने सेवक अभियानले हाइकिङसँग सम्बन्धित ‘हाइकिङ गीत’ सार्वजनिक गरेको छ।  सोमबार धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कक्षमा मेयर हर्कराज राई (साम्पाङ), उपमेयर अइन्द्रविक्रम बेघा र गीतकार तथा सेवक अभियानका अध्यक्ष हलवाईले संयुक्त रूपमा उक्त गीतको अडियो बिमोचन गरेका थिए  भने प्रमुख अतिथि मेयर राईले सो गीतको लिरिकल भिडिओ […]

Continue Reading

प्रधानमन्त्री देउवालाई ‘राष्ट्रघाती’ भन्दै युवाले देखाए प्लेकार्ड !

९ साउन २०७९ काठमाडौं । नागरिकता विधेयकमा राष्ट्रघात गरेको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ । राजधानीमा आयोजित एक कार्यक्रममै प्रधानमन्त्री शेरबहादुर देउवामाथि एमसीसीको मतियार बनेको र नागरिकतामा देशमाथि घात गरेको भन्दै एक युवाले प्लेकार्डसहित विरोध जनाएका छन् । भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई एक युवाले प्लेकार्ड देखाएका छन । नागरिकता […]

Continue Reading

पुरुष तथा महिला भलिबल प्रतियोगिताको सुदूरपश्चिम र बानालाई उपाधि !

काठमाडौं, ८ साउन बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भएको पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फ सुदूरपश्चिम टेक्सास र महिलातर्फ आयोजक बाना च्याम्पियन बनेका छन् । फाइनलमा पुरुषतर्फको उपाधि टेक्सासमा रहेको सुदूरपश्चिम टिमले जित्न सफल भयो । उसले सिन्धु बुद्ध टिमलाई ३–१ को सेटमा पराजित गर्‍यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सिन्धु […]

Continue Reading

भक्तपुर सल्लाघारीका रुख काट्न थलियाे !

भक्तपुर, ९ साउन भक्तपुर सल्लाघारी क्षेत्रमा रहेकाे रुखहरू काट्न थालिएको छ ।  पुरानाे र कमजाेर रुख ढलेका कारण आइतबार गम्भीर दुर्घटना भएपछि सडकमा खतरा बनिरहेका रुखहरू साेमबारदेखि काट्न सुरु भएको हो ।  भक्तपुर नगरपालिका-१ सल्लाघारीमा आइतबार सल्लाको रुख ढलेर स्कुटर र मिनीबसमाथि बज्रिदा तीन जनाको मृत्यु भएको थियो । घटनामा परी मिनीबसमा सवार  चाँगुनारायण नगरपालिकाका न्हुछेराम बखाद्यो, भक्तपुर नगरपालिकाका विशेष […]

Continue Reading

चितवनमा वडा सदस्यको गाडीले ठक्कर दिँदा सैनिकको मृत्यु !

२ साउन, चितवन । भरतपुर महानगरपालिका-१९ का वडा सदस्य राजकुमार गुरुङको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ । मङ्गलपुरबाट रामपुरतर्फ जाँदै गरेको गुरुङ चढेको ग२च ९०६२ नंको गाडीले भरतपुर महानगरपालिका-१५ शीतलचोक नजिक विपरीत दिशाबाट आउँदै गरेको बा३३प १४५५ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा […]

Continue Reading

कसरी फालिन्छ लुतो ? आज साउने संक्रान्ति अर्थात् लुतो फाल्ने दिन :

काठमाडौं । प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु […]

Continue Reading