खजुरा गापा अध्यक्षद्वारा गौरबका योजना अनुगमन

मुख्य खबर

खजुरा गाउँपालिका द्धारा २०८१।०८२मा सञ्चालित ८ वटै  वडामा  संचालन हुने गौरबका योजनाहरुकाे सर्वे हुने ठाउँमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक ( तुफान ) उपाध्यक्ष मन्जु मल्ल प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना ले अनुगमन गर्नुभएको छ।
गाउँपालिकाले  आर्थिक वर्षमा  २०८१/०८२मा सबै वडामा  कम्तीमा एक करोड   रुपैया बजेटको एउटा गौरवको योजना सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको हो ।
एक वडा एक गाैरबकाे याेजना अनुसार  खजुरा गाउँपालिका वडा नम्बर १मा वडा कार्यालय निर्माण, वडा नम्बर २मा बहुउद्देशीय सभाहल , वडा नम्बर ५ मा सभाहल तेसै गरि वडा नम्बर ३,४,६,७,८मा सडक निर्माण गरिने खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमुख बस बहादुर रानाले जानकारी दिए।

विकास निर्माण योजना प्रभाबकारी बन्न नसक्नुको प्रमुख कारण मानिएको टुक्रे योजनालाई हटाउदै यही आर्थिक बर्ष २०८१/८२को लागि वडा स्तरबाट योजना तर्जुमामा भएका  वडा स्तरबाट पूर्वाधार विकासका योजनाहरु  ‘एक वडा एक गौरबका योजना’ सञ्चालन गर्ने गरि वडास्तरमा योजना तर्जुमा  गरिएको गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले  जानकारी दिनुभयो ।

टुक्रे भन्दा उपलब्धि देखिने र जनतालाई तत्काल राहत मिल्ने योजनालाई प्राथमिकता दिई
टोल विकास समितिको पहलमा बस्ती स्तरमा भेला गरी योजनाको माग संकलन गरि वडा, विषयगत समिति, कार्यपालीका हुदै गाउँसभाबाट पारित गर्ने गरि । स्थानीय बासिन्दाको अपनत्व र जनसहभागीताका लागि समस्या, आवश्यकताका आधारमा योजना प्राथमिकीकरण गरिएका   एक वडा एक गाैरबका याेजना छिटो भन्दा
छिटो   टेन्डर प्रकृया गरि    कार्यान्वयनको तहमा लैजाने खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक ( तुफान )ले जानकारी दिनुभयो । 

केन्द्र, प्रदेश र पालिकाले नै अगाडि बढाएका
गौरवका आयोजनाहरु पूर्ण हुँदा खजुरा एउटा
समृद्ध शहरका रुपमा विकास हुनेमा दुईमत छैन ।

,

Leave a Reply

Your email address will not be published. Required fields are marked *