नेकपा माओवादी केन्द्र बाकेले वर्तमान राजनैतिक अवस्था र प्राकृतिक प्रकोपको जोखिममा रहेकाको उद्दार राहत बितरण लगायतका बिषयमा सम्पुर्ण सरोकारवालालाई सहकार्य र सहयोगको लागि अपिल गरेको छ।
माओवादी केन्द्र बाके सयोजक जेम्स हस्ताक्षरित बिज्ञप्तीमा ८ वटै पालिका कमिटी तथा भातृ संगठन र सहायक संगठनलाई सक्रियता पुर्बक्ब्राहत उद्दारमा लाग्न भनियको छ।
बिज्ञप्ती,
हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) देश र जनता लाई मुख्य केन्द्रमा राखी सङ्घर्ष गर्दै आएको पार्टी हो । हाम्रो सङ्घर्षको परिणाम स्वरुप संविधान सभा मार्फत देशमा सङ्घीयता , समानुपातिक प्रतिनिधित्व , धर्म निरपेक्षता सहितको लोकतान्त्रीक गणतन्त्र संस्थागत हुने चरणमै रहेको छ । जनता लाई परिवर्तनको अनुभूत गराउने गरि लोकतान्त्रीक गणतन्त्र लाई संस्थागत गर्ने गरि भ्रष्टाचार नियन्त्रण गर्न , सुशासन कायम गर्न , जनजिविका लाई सहज बनाउने गरि सम्माननिय प्रधानमन्त्री तथा हाम्रो पार्टीका अध्यक्ष क.प्रचण्ड नेतृत्वको सरकारले काम गरि रहेकै छ । सामान्यतया संसदीय राजनीतिमा सरकार परिर्वतन समान्य कुरा भएपनि खास गरि परिवर्तनको एजेण्डाहरू समानुपातिक समावेशिता , सङ्घीयता धर्म निरपेक्षता लाई समेत मास्ने गरि दुई धुव्रका काँग्रेस र एमाले बिच भएको सम्झौता प्रति हाम्रो ध्यानाकर्षण भएको छ । उक्त सम्झौता र गठबन्धन पस्चगमनको नयाँ रुप हो ।
हाल सम्म पनि सार्वजनिक नगरिएको उक्त कालो सम्झौताले जनताको परिवर्तनको चहाना भन्दा देश लाई पश्चगमन र दुई दलीय एकाधिकारवाद तर्फ लैजाने निश्चित छ । सुशासनका लागी प्रचण्ड सरकारले विगत देखीका भ्रष्टाचारका फाइलहरू एक एक खोली रहेको , पूर्व गृहमन्त्री लगायतका शासकीय अधिकारमा रहेका व्यक्तिहरू छानबिन र कार्यवाही पर्नु सुसासनको पक्षमा एक महत्वपुर्ण काम हो । सरकारले भु माफियाहरूको चङ्गुलमा परेको गिरी बन्धु टि स्टेट, टीकापुर जग्गा काण्ड , सुन काण्ड , लगायतका दर्जनौ काण्डहरूको छानबिन अगाडि बढाई रहेको सन्दर्भमा एकाएक सरकार परिवर्तन र परिवर्तनका एजेण्डा मास्ने गरि गरिएको संविधान संशोधनको सम्झौताको प्रतिरोध उत्रने चेतावनी दिन चाहन्छौ । उक्त सम्झौताको भर्सना गदै प्रतिवाद गर्नका लागी तयार रहन परिर्वतन पक्षपाती आम जनसमुदाय , सञ्चार जगत सबैमा अपिल गर्दछौँ ।
यसै गरि हाम्रो जिल्ला बाँके बर्षाका कारण डुवान तथा प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको छ । सम्भबित जोखिमबाट नागरिकको धनजन जोगाउन पालिका स्तरमा उद्दारका लागि उच्च सर्तक अवस्थामा रहन बिशेष अनुरोध सहित निर्देशन गरिन्छ । साथै ८ वटै पालिकामा पालिका स्तरमा पालिका पार्टी अध्यक्षको संयोजकत्वमा उद्धार राहात र सहयोग समिति निर्माण गरिएको जानकारी गराउन चाहन्छौ ।बिश्वमा बढ्दै गहिरहेको जलवायु परिवर्तनका कारणले हुने प्रभावलाई न्यूनीकरण गर्नका लागि पार्टीले वडा, पालिका र जबस मोर्चा जिल्ला कमिटीको नेतृत्वमा नेता कार्यकर्ताको घरहुदै जनस्तर सम्म एक घर ५ बिरुवा रोप्ने र बृक्षारोपण अभियान लाई जिल्ला भर प्रभावकारी बनाउन बिशेष अपिल गर्दछौ ।