खजुरा माओवादीले सम्पन्न गर्यो वडा सम्मेलन

मुख्य खबर

नेकपा (माओवादी केन्द्र)बाँके जिल्लाका खजुरा गाउँ  पालिका कमिटीले वडाका सम्मेलन   सम्पन्न गरेको छ ।

जेष्ठ  २५ गतेदेखि सुरु भएको वडाका अधिवेशनअन्तर्गत जेस्ठ ३१ सम्म खजुरा गाउँपालिकाका ८ वटै वडामा अधिवेशन सम्पन्न गरेको हो।

माओवादी केन्द्रका खजुरा गाउँपालिका कमिटीका सचिब धनिराम ओलिका अनुसार वडा नम्बर १मा अध्यक्ष टंकेश्वर पुन ,वडा न. २ मान बहादुर बुढा ,३ नम्बर वडामा टेक नारायण सापकोटा ,वडा ४ मा अरुणा के सि, वडा न. ५ मा नरेश यादव ,६ मा लाल बहादुर खत्री ,७ मा अमानतुल्ला खाँ र वडा न. ८ मा मारुफ खाँ   सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको  जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *