माओवादी केन्द्र जिल्ला सम्न्वय बैठक सम्पन्न

मुख्य खबर

नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाँकेको कार्यलयको बैठक नेकपा (माओबादी केन्द्र)को स्थायी समिति सदस्य तथा बाके जिल्ला इन्चार्ज  पुर्णाकुमारी सुवेदीको प्रमुख आतिथ्यतामा तथा जिल्ला समन्वय समितिका संयोजक नरेन्द्र पाण्डे (जेम्स) को अध्यक्षतामा बैठक   सम्पन्न  भएकाे छ।

बैठकले लिएका महत्वपूर्ण निर्णयहरुको सिघ्र कार्यान्वयन एवं जानकारीका लागि  परिपत्र पनि  जारी गरिएको छ ।

उक्त बैठकले  जिल्लाका ८  वटै पालिकाका अध्यक्ष लगायत अन्य हरुबाट आ आफ्नो कार्यक्षेत्रमा भए गरेका कामको रिपोर्ट लिई रिपोर्टमा उठेका विषयवस्तु लगाएत आगामी योजनाका वारेमा पार्टी स्थायि समिति सदस्य तथा बाँके  जिल्ला इन्चार्ज पुर्णा कुमारी सुवेदी र प्रदेश सहसचिब अक्कल बहादुर बमले प्रशिक्षण मुलक भनाई राख्नु भएकाे थियो ।  बैठकले  पार्टि सदस्यता नविकरणको कामलाई तिव्रता दिदै सो विवरणलाई स्थानिय पालिकाम लिपीवद्ध गरि रेकर्ड राख्ने व्यवस्था मिलाउने  साथै सो विवरणको एक कपि जिल्ला कार्यलयमा अनिवार्य रुपमा पेश गर्ने र पार्टिको वडा सम्मेलन स्थानिय पालिकामा आफ्नो सापेक्षतामा यहि जेष्ठ १० गते देखि मसन्त सम्म ८१ वटै वडाका सम्मेलन हरु सम्पन्न गर्ने ,पार्टिका प्रदेश कमिटि सदस्य, जिल्ला समिति सदस्य एवं स्थानिय पालिका मा रहेका सबै पार्टि सदस्यता नविकरण र वडा सम्मेलनका काममा अनिवार्य रुपमा सम्वन्धित पालिकामा जोडिनु पर्ने  जिल्लामा विभिन्न पार्टि / समुह / संगठन परित्याग गरि  नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका  धनिराम जैसी, चांद खान लाई जिल्ला समन्वय समितिमा मनोनित गरिएको  साथै  सम्वन्धित पालिकामा जोडिने गरि जिम्मेवारी प्रदान गरिएको छ । माओवादी केन्द्र बाँके जिल्ला कार्यालय सचिव अर्जुन कार्किले जानकारी दिनुभएको छ।

वैठकका अध्यक्ष तथा जिल्ला संयोजक क. नरेन्द्र पाण्डे (जेम्स) ले  जनतासंग एकाकार हुदै पार्टिका वडा सम्मेलनहरुलाई पुरा गर्न अभियान कै रुपमा लिदै थप प्रभावकारी एंव परिणाममुखि वनाउन सम्पुर्ण नेता तथा कार्याकर्तालाई सक्रियताका साथ लाग्न विशेष आग्रह  गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *