
नेपालगन्ज : नेपाली राष्ट्रिय क्रिकेट टिमकी पूर्व कप्तान नेरी थापाले सन्यास लिएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमा सोमबार राति नेरीले लेखेकी छन् ‘खेलबाट सन्यास लिएको हो। तर सम्झनाबाट होइन। मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु। म विशेष गरी मेरो परिवारलाई धन्यवाद दिन्छु जसले मलाई यात्रामा सधैं साथ दिनुभयो। मलाई आशा छ यो यात्रा क्रिकेटमा संन्यास होस् तर जीवनमा होइन।’

बाँकेबाट राष्ट्रिय क्रिकेटमा पाइला अघि बढाएकी नेरीको कप्तानीमा नेपालले सन् २००७ मा एसीसी महिला च्याम्पियनसिप खेलेको थियो ।
नेरीको कप्तानीमा यु–१९ महिला राष्ट्रिय टिमले २००८ र २०१० एसीसी यु–१९ महिला च्याम्पियनसिपको उपाधि पनि जितेको थियो।
