फाल्गुन ४ र ५ मा केयर सिटि अस्पतालमा डा. नुतन शर्मा आउने

मुख्य खबर

नेपालगन्ज: नर्भिक अस्पतालमा कार्यरत बरिस्ठ स्त्रीरोग, टेस्ट ट्युब बेबी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डाक्टर नुतन शर्मा नेपालगन्जको केयर सिटि हस्पिटलमा चेकजाँचको लागी आउने भएका छन् ।

टेस्ट ट्युब बेबी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डाक्टर नुतन शर्मा फाल्गुन ४ र ५ गते नेपालगन्जको भुजैइ गाउँमा रहेको केयर सिटि हस्पिटलमा चेकजाचको लागि आउने भएका हुन् ।

बाँके जिल्ला तथा आसपासका जिल्लाबाट काठमाडौं जानुपर्ने समस्यालाई अन्त्य गर्दै केयर सिटि हस्पिटलले काठमाडौंबाट विशेषज्ञ डाक्टरहरु बोलाएर सेवा दिदै आएको छ ।

पछिल्लो समय निसन्तानको समस्या बढ्दै गएको समयमा काठमाडौंबाट बरिस्ठ स्त्रीरोग, टेस्ट ट्युब बेबी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन विशेषज्ञ डाक्टर ल्याएर सेवा पुराउदै आएको केयर सिटि हस्पिटलले चेकजाँचको लागी अग्रिम नाम दर्ता गर्न सकिने जनाएको छ ।

फाल्गुन ४ र ५ गते केयर सिटि हस्पिटल नेपालगन्जमा चेकजाचको लागि अग्रिम नामदर्ताको गर्न निम्न फोन नम्बरमा ( ९८०२५११0५६, ९८४८२६४३१९) सम्पर्क गर्न सकिने हस्पिटलले जनाएको छ ।

हस्पिटलले उक्त डाक्टर नुतन शर्मा द्वारा IVF तथा टेस्ट ट्युब बेबी, नि:सन्तान सम्बन्धि समस्या, पाठेघर तथा स्तन क्यान्सर, प्रारम्भिक प्रजनन स्वास्थ्य चेक जाँच, बारम्बार IVF/IUI फेल हुने तथा गर्व तुहिने, महिनावारीमा गडबडी, महिलाहरुमा देखिने सम्पूर्ण समस्याको उपचार हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *