बाके वाइसियलद्वारा जनयुद्द दिवसमा फलफूल वितरण

मुख्य खबर

नेपालगन्ज : नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपाल बाँके जिल्ला कमिटीको आयोजनामा २९ औं जनयुद्ध दिवसको अवसरमा भेरी अन्चल अस्पतालको आकस्मिक कक्षमा फलफुल बितरण गरिएको छ ।

२९ औं जनयुद्ध दिवसको अवसरमा वाइसीएल बाँकेले भेरी अस्पताल नेपालगन्जमा आकस्मिक कक्षका बिरामीलाई फलफुल बितरण गरिएको हो ।

२९ औं जनयुद्ध दिवसको अवसरमा जनयुद्ध दिवस मनाउने क्रममा वाइसीएल बाँकेले बिरामिलाई फलफुल वितरण गरेको वाइसीएल लुम्बिनी प्रदेश सदस्य तथा बाँके जिल्ला सचिब नरेन्द्र ददेलले जानकारी दिएका छन्।

फलफुल वितरण कार्यक्रममा वाइसीएल लुम्बिनी प्रदेश सह-संयोजक दिपक मल्ल, वाइसीएल लुम्बिनी प्रदेश सदस्य तथा बाँके जिल्ला संयोजक आकाश कार्की, वाइसीएल लुम्बिनी प्रदेश सदस्य तथा बाँके जिल्ला सचिब नरेन्द्र ददेल, वाइसियल लुम्बिनी प्रदेश सदस्य तिर्थ शाही र वाइसीएल लुम्बिनी प्रदेश सदस्य सुनिल गिरी लगायतको सहभागीता रहेको थियो ।

२९ औं जनयुद्ध दिवसको अवसरमा बाँके जिल्ला तथा देशभरनै कार्यक्रम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *