लुम्बिनीमा कबड्डि निर्णायक तालिम सुरु

मुख्य खबर

बुटवल : लुम्बिनी प्रदेश कबड्डि संघ र लुम्बिनी प्रदेश खेलकुद परिषदको सहकार्यमा बुटवलमा प्रादेशिक कबड्डि निर्णायक प्रशिक्षण सुरु भयको छ। कार्यक्रमको एक औपचारिक समारोह बिच प्रदेश खेलकुद परिषद सदस्य सचिब जय प्रकाश भट्टराईले उदघाटन गर्नुभयको छ।

लुम्बिनी प्रदेश कबड्डि संघका अध्यक्ष जनार्दन खत्रीको सभापतित्वमा आज बुटवल स्थित होटल मेरिगोल्डमा सम्पन्न उदघाटन समारोहमा लुम्बिनी प्रदेश भित्रका १२ जिल्ला बाट ६० जनाको सङ्ख्यामा प्रशिक्षार्थिको सहभागिता रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिब भट्टराईले “हामी कबड्डिलाइ पहिलो प्राथमिकतामा राखेर कार्यक्रम गर्दै अगाडि बढेका छौ छिट्टै रास्ट्रीय स्तरको कबड्डि प्रतियोगिता गर्छौ जुन निरन्तर हरेक बर्ष हुनेछ।” सदस्य सचिब भट्टराईले सुझाव दिदै भने “कबड्डि संघ प्रक्रिया पूरा गरेर आउनुहोस म हरेक किसिमको सहयोग गर्न तयार छु। समन्वय र सहकार्य बढाउनु पर्यो ।” अर्को यक प्रसङ्गमा भट्टराईले भने “निर्णायकहरु कबड्डिका मैदानि योद्दा हुनुहुन्छ। मैदानमा हुने हरेक गतिबिधीले यस खेलको महत्व बढाउछ तसर्थ दक्ष र सिपयुक्त्त भयर जानुहोला साथै ज्ञान सीपको बिकास र अपडेट भइरहनुहोला ।”
कार्यक्रमका बिशिस्ट अतिथी अखिल नेपाल कबड्डि संघका केन्द्रिय उपाध्यक्ष कुमार आले ले निर्णायक तालिम पश्चात् तपाइहरु निरन्तर मैदानमै रहनुहोला । यहाबाट प्राप्त ज्ञान र सीप प्रयोग भइरहोस भन्दै लुम्बिनी प्रदेश कबड्डि संघले गरेको प्रभावकारी कार्यको प्रशंसा गर्नु भयो।
कार्यक्रमको समापन गर्दै प्रदेश कबड्डि संघका अध्यक्ष जनार्दन खत्रीले यो निर्णायक तालिमले सिप, ज्ञान र क्षमताको बिकास गर्न र नियम तथा कबड्डिका बदलिदा विधि र प्रक्रियाका बारेमा जानकारी प्रदान गर्ने बताउनुभयो ।
२१ गतेसम्म सन्चालन हुने प्रशिक्षणको लागि प्रशिक्षक द्वय बिष्णुदत्त भट्ट र तर्कराज भट्टले प्रशिक्षण दिने छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *