
पुस ९ गते नेपालगन्ज: न्यु शान्ति स्पोर्ट्स क्लबकोआयोजना तथा बढैयाताल गाउँ पालिका वडा न. १ को समन्वयमा सो फुटबल प्रतियोगिता आजदेखी सुरु भएको हो । बढैयाताल गाउँ पालिका वडा न.१ का वडा अध्यक्ष प्रेम बहादुर थापाको संयोजकत्वमा भएको उक्त फुटबल प्रतियोगिताको प्रमुख अतिथि बढैयाताल गाउँ पालिका अध्यक्ष हिमालय त्रिपाठी , विशिष्ट अतिथी बढैयाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी अधिकारी, विशेस अतिथी पूर्व बढैयाताल गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ, विशेष अतिथी बढैयाताल गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी, अतिथीहरु बढैयाताल गाउँपालिका वडा नं.२ का अध्यक्ष डिलादेवि गिरी, वडा नं.३ का अध्यक्ष लल्लन यादव, वडा नं. ४ का अध्यक्ष नरे थापा, वडा नं. ५ का अध्यक्ष तुलाराम थारु, वडा नं. ६ का अध्यक्ष शुक्रराज सापकोटा, वडा नं. ७ का अध्यक्ष राधेश्याम थारु, वडा नं. ८ का अध्यक्ष तेजनाथ पौडेल, वडा नं.९ का अध्यक्ष विर बहादुर थारु र ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख लोकेन्द्र ठगुन्ना, शसस्त्र प्रहरी बल जमुनी का इन्वार्ज मुकुन्द जि.सी. , अमर ज्योती मा. वी. सीतापुर का प्र.अ.कृष्ण राज शर्मा लगायत स्थानीयको उपस्थितिमा भब्य उद्घाटन भएको थियोे ।
फुटबल प्रतियोगितालाई अझ व्यवस्थित र भव्य बनाउन विभिन्न विद्यालयका विद्यार्थी द्वारा मार्चपास तथा जाजरकोटी समुहद्वारा झाकी प्रदर्शनका साथै नृत्य सहितको प्रदर्शनले शान्तिपुर फुटबल खेलस्थान रमणीय बनेको थियोे ।

पुस ९ देखि १६ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ भने प्रथम हुनेले रु ५० हजार दोस्रो हुनेलाई २५ हजार रहेको क्लबका अध्यक्ष प्रेम पुनले जानकारी दिनुभयो ।
