खजुराले स्वास्थ्य कर्मचारी पठायो भेरिमा

मुख्य खबर

नेपालगन्ज : भुकुम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम(पश्चिम)बाट उपचारका लागि भेरी अस्पताल पुर्याइएका बिरामीको उपचारमा सहज बनाउन खजुरा गाउँपालिकाले ५ जना स्वास्थ्यकर्मी खटाएको छ ।

गाउँपालिकाले स्टाफ नर्स १ जना, सिनियर ए.एन.एम.१ जना, हेल्थ असिस्टेन्ट १ जना र सिएमए २ जना खटाएको हो । गाउँपालिका स्वास्थ्य शाखाका नर्सिङ अधिकृत लक्ष्मी केसी (ओली) का अनुसार अस्पतालमा खटिएका पाँचै जना स्वास्थ्यकर्मीले काम सुरु गरिसकेका छन् ।

गाउँपालिकाले भूकम्प पीडितका लागि स्वास्थ सामाग्री सहितको टोलि जाजरकोट पठाइसकेको छ भने राहत प्याकेज पनि उपलब्ध गराउने घोषणा गरिसकेको छ । गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक र उपाध्यक्ष मञ्जु मल्ल पनि भूकम्प पीडितको राहत ब्यवस्थापन कार्यमा निरन्तर खटिएका छन् ।

नर्सिङ अधिकृत केसीले खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक, उपाध्यक्ष मञ्जु मल्ल र सामाजिक विकास संयोजक कृष्णकुमारी पोखरेल लगायत सबै जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *