भुकम्प पिडितलाइ खजुराले सहयोग पठाउदै

मुख्य खबर

नेपालगन्ज : जाजरकोटका घाइतेको उपचारका लागि बाँकेको खजुरा गाउँपालिकाबाट तिन लाख बढीको औषधिसहित स्वास्थ्य शाखा प्रमुख दिपक ढकालको नेतृत्वमा स्वास्थ्यकर्मी जाजरकोट पठाएको छ।

उक्त्त कुराको जानकारी दिदै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक (तुफान)ले हिजो राती  ११.४७ बजे जाजरकोटमा केन्द्रबिन्दु बनाएर आएको बिनासकारी भुकम्पको कारण जाजरकोट र पश्चिम रुकुममा अतुलनीय जन धनको क्षति भएकोमा दुख व्यक्त  गर्नुभएको छ।सम्पुर्ण मृतकहरुप्रती हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन ।उद्दारमा खटिनु भएका सम्माननिय प्रधानमन्त्रीलगाएत सम्पुर्ण उद्दार कर्मिप्रती उच्च सम्मान प्रकट गर्दै जारकोटी र रुकुमेलि जनताको दुखमा साथ र सहयोग गर्न खजुरा सरकार प्रतीबद्ध रहनेपनि जानकारी दिए।

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ । अहिलेसम्म प्राप्त तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुमुकपश्चिममा ६२ जनाको मृत्यु भएको हो । घाइतेकोसंख्या डेढ सयभन्दा माथि पुगिसकेको छ । भूकम्पमा परी गम्भीर घाइते भएका रुकुमपश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *