खजुरामा जग्गा नापजाँच सुरु; आफ्नो प्रतिबद्धता पूरा गरेरै छोडने तुफानको अठोट

मुख्य खबर

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकामा जग्गा नापजाँचको काम आजदेखि सुरु भएपछि स्थानियहरु निकै उत्साहित भएका छन् ।

खजुरा गाउँपालिकाकाे वडा नम्बर ६ सिमलघारी वाट जग्गा नापजाँच गर्न सुरु गरिएको छ।
खजुरा गाउँपालिका प्रमुख डम्बर बहादुर विकले उद्घाटन गर्दै भूमिहिन, दलित र अव्यवस्थित बसोबासीहरुको जग्गा नापजाँच सुरु भएको छ ।
भुमिहीन सुकुम्बासि र अब्यबस्थित खजुरामा गाउँ पालिकाले दलित सुकुम्बासि बसोबासिहरुलाइ जग्गाको पुर्जा नापजाँच कार्य सुरु गरेको छ ।
आज देखि खजुरामा वडा नं ६ बाट जग्गा नापजाँच कार्य शुभारम्भ गरिएको छ । अब्यावस्थित रुपमा लामो समय देखि भोग चलन गर्दै आएका नागरिकहरुको लागि लालपुर्जा वितरण गर्न गाउँपालिका प्रतिबद्ध रहेको गाउँपालिका प्रमुख डम्बर बहादुर विकले बताउँदै पाचँ बर्षको कार्यकालमा खजुरा भरिका भुमिहीन सुकुम्बासि अब्यबस्थित बसोबासिहरुलाइ जग्गाको पुर्जा वितरण गरिने बताए ।

उनले भुमिहिन गाउँपालिका वासीलाई सम्पतिको मालिक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

सार्वजनिक जग्गाको संरक्षण र भुमिहिन तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न स्थानीय सरकारले पहिलो प्राथमिकता रहेको प्रमुख विकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *