
नेपालगन्ज : नेपाली काँग्रेस बराहाताल गाउँपालिका–४ का वडा सभापति एवं नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य गणेश भण्डारीले ज्येष्ठ नागरिक महिलालाई कपडा वितरण गरेका छन् । दशैंमिलनको अवसरमा भण्डारीले पठाएको सहयोग बु्धवार बराहाताल गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारीले वितरण गरेका छन् ।
नेपाली काँग्रेस वडा समितिले आयोजना गरेको उक्त कार्यक्रममा भण्डारीले पठाएको बिभिन्न कपडा वितरण गरियो । सत्तरी जना ज्येष्ठ नागरिक महिलालाई सहयोग गरिएको थियो । ज्येष्ठ नागरिकको सहयोग सम्मानको लागि सहयोग गरेको भण्डारीले जानकारी दिए । उनले भने,–‘हाम्रो समाजमा ज्येष्ठ नागरिकको योगदानको कदर गरिदिनुपर्छ भन्ने मान्यता स्थापित गर्नका लागि मैले सहयोग गरेको हुँ ।’–उनले भने ।

बराहाताल गाउँपालिकाका अध्यक्ष भिमबहादुर भण्डारीले युवा नेताको कामको प्रशंसा गरे । उनले नयाँ पुस्ताले ज्येष्ठ नागरिकको सम्मान गर्न सिक्नुपर्ने बताए । शैक्षिक क्षेत्रमा फड्को मारेका गणेश भण्डारी नेपालगन्ज स्थित जिभिएन कलेजको सिइओ हुन । उनको अगुवाईमा रु २४ हजार ८ सय रकम संकmन गरी ब्रेन ट्युमरको उपचार गराइरहेकी सुमित्रा बराललाई सहयोग प्रदान गरिएको छ ।
