नेपालगन्ज बसपार्कमा पर्व लक्षित सहायता कक्ष

मुख्य खबर

नेपालगन्ज : नेपालगन्ज बसपार्कमा दसैं, तिहार र छठपर्वलाई लक्षित गरि यात्रु सहायताकक्ष स्थापना गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय बाँके , जिल्ला प्रहरी कार्यलय बाँके र वडा प्रहरी कार्यलय नेपालगन्जको सयुक्त आयोजनामा नेपालगन्ज बसपार्कको मुख्य गेटमा यात्रु सहायताकक्ष स्थापना गरिएको हो ।

नजिकिदै गरेको चाड पर्वहरु दसैं, तिहार र छठ पर्वको अवसरमा मानिसहरुको आवतजावत एवंम सवारी साधनको चाप बढदै जाने हुदा टिकट काउन्टरमा हुने भिडभाड,बढी भाडा लिने, यात्रु ठगीने कार्यलाई नियन्त्रण गर्न र नागरिकको पिरमर्कालाई तत्कालै सुनुवाई गरी समस्या सामाधान गर्नका लागी यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय बाँके नेपालगन्जका प्रहरी निरिक्षक गोपिकृष्ण सुवेदीले बताउनुभयो ।

त्यस्तै वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख एवं प्रहरी निरीक्षक हरि बहादुर बुढाक्षेत्रीले अहिलेको अवस्था तथा आउँदै गरेको चाडपर्वमा बसपार्क क्षेत्रमा हुन सक्ने सम्भावित जोखिम नियन्त्रणका लागि सहायता कक्ष प्रभावकारी हुने बताउनुभयो ।

कार्यक्रममा पत्रकारहरु संग कुरा गर्दै अस्थाई प्रहरी पोष्ट बसपार्कका प्रमुख प्रहरी सहायक निरीक्षक भरत ओलीका अनुसार अबदेखि सहायता कक्षमा दुई जना प्रहरीको नियमित उपस्थिति रहने छ भने प्रहरीले यस क्षेत्रमा हुने गलत कार्य संगै यात्रुहरुले पाउने दुख कष्ट संगै हुनसक्ने लुटपाट र ठगिको घटनमा नियन्त्रणमा हुने बताएका थिए ।

त्यस्तै उक्त कार्यक्रममा, यातायात ब्यवसायी, टिकट काउन्टरका पदाधिकारी,स्थानिय ब्यवसायीहरुको समेत उपस्थितीमा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *