खजुरामा १ दिने जेष्ठ नागरिक आयुर्वेदिक स्वस्थ्य शिबिर

मुख्य खबर

खजुरा । अन्तरास्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा स्वास्थ्य परिक्षण गरिएको छ । ३३ औं अन्तरास्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा खजुरा गाउँपालिका महिला बालबालिका तथा जेष्ठनागरिक शाखा , आयुर्वेद स्वास्थ्य शाखाकाे आयाेजनामा  खजुरामा  ज्येष्ठ नागरिकलाई  निशुल्क स्वास्थ्य परिक्षण, आयुर्वेद चिकित्सक ,चेक जाच परामर्श,औषधी वितरण गरिएको हो।

स्वास्थ्य परिक्षण कार्यक्रममा ५०  जनाज्येष्ठ नागरिकले स्वास्थ्य परिक्षण गरि स्वास्थ्य सेवा लिएका थिए । जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवाको मुल धारमा ल्याउने र नसर्ने रोग जोखिम न्यूनीकरण गर्ने  खजुरा सरकारको उद्देश्य छ ।

अन्तरास्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना दिदै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले राज्यका निमित्त आफ्नो जीवनको महत्वपूर्ण उर्जा खर्च गरिरहेका ज्येष्ठ नागरिकहरुको जीवन सहज, सुरक्षित, सम्मानित एवं सुनिश्चित गर्दै समाजिक न्यायको प्रत्याभुति प्रदान गर्ने उद्देश्य  अनुसार  जेष्ठ नागरिक सँग अध्यक्ष कार्यक्रम  लागु गरिएको र याे कार्यक्रम लाइ व्यवस्थित र प्रभावकारी बनाउने   बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले जेष्ठ नागरिकहरुका स्वास्थ्य समस्याहरुलाइ उठान गर्ने  स्वास्थमा सहज पहुँच बनाउने तथा टोलटोलमा स्वास्थ्य परिक्षण कार्य गर्ने जस्ता कार्यक्रम संचालनमा ल्याउने बताउनुभयो । 

उक्त कार्यक्रम  ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षणमा तौल, उचाई, रक्तचाप, मधुमेह, पेटकको मापन, बिएम आइ, आवश्यकता अनुसारको औषधि ,स्वास्थ्य परामर्श,  आयुर्वेद चिकित्सकिय परामर्श, आयुर्वेद औषधि समेत वितरण गरेको जानकारि दिएको थियो ।

कार्यक्रम खजुरा गाउँपालिका समाजिक बिकास समितिका संयाेजक कृष्ण पाेखरेलकाे अध्यक्षतामा कार्यक्रम भएकाे थियो ।

कार्यक्रम खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्ल ,प्रमुख प्रशासकीय अर्जुन सुवेदी ,लेखा अधिकृत प्रदिप सुनार ,वडा अध्यक्ष ,कार्यपालिका सदस्य ,गाउँपालिका , स्वास्थ शाखा प्रमुख दिपक ढकाल,आयुर्वेद स्वास्थ्य शाखा किरण खनाल ,बाँके आयुर्वेदका डा. अनिल कुमार चाैधरी लगाएतकाे उपस्थिति रहेकाे थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *