नेपाल पहिला फिल्डिङ्ग गर्दै; टिममा तीन परिवर्तन

खेलकुद

नेपालले जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा आज आइतबार युएईसँग खेल्दैछ । 

नेपाल र युएईबीचको खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ बाट सुरु हुनेछ।

नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्दी हुन् । नेपाल र युएईबीच एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म १४ पटक प्रतिस्पर्धा भएको छ । 

नेपाल ८ पटक विजयी हुँदा ६ पटक युएईले खेल आफ्नो पक्षमा पारेको छ।

आजको बिजेताले आइरल्यान्ड सङ्ग सातौ स्थानका लागि खेल्नेछ।

नेपालको प्लेइङ ११-

कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी र अर्जुन साउद

Leave a Reply

Your email address will not be published. Required fields are marked *