१७ फागुन, विराटनगर । प्रदेश १ प्रदेशसभा बैठकमा कोशी नाममाथि छलफल सुरु भएको छ । एमाले सांसद रामबहादुर राना मगरले कोशी प्रदेश नाम राख्न प्रस्ताव गरेका थिए । उनको प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल सुरु भएको हो ।
प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले किरात लिम्बुवान सगरमाथा प्रदेश नाम राख्न प्रस्ताव पेश गरेका थिए । प्रदेशसभाले मगरले पेश गरेको प्रस्तावलाई छलफलका लागि स्वीकार गर्यो भने राईले पेश गरेको किरात लिम्बुवान सगरमाथाको प्रस्तावलाई अस्वीकार गर्यो ।
प्रदेशसभाको बहुमतले कोशी प्रदेशलाई छलफलका लागि स्वीकार गरेपछि सभामुख बाबुराम गौतमले किरात लिम्बुवान सगरमाथाको प्रस्ताव संवत् अस्वीकृत भएको बताएका थिए ।
प्रदेशसभामा एमालेले पेश गरेको कोशी प्रदेशमाथि छलफल सुरु भएको छ । छलफल पछि बुधबार नै मत विभाजन हुनेछ ।