बाँके–२: दिपेन्द्र बिष्टको माहोलले विपक्षी उम्मेदवारहरुको सातो उडायो

मुख्य खबर

नेपालगन्ज, बाँके — बाँके क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टको अभियान र लोकप्रियता देखेर विरोधी उम्मेदवारहरू तनावग्रस्त भएका छन्। युवा नेतृत्व, घरदैलो अभियान, प्रत्यक्ष मतदाता भेटघाट र जनसरोकारमा केन्द्रित कार्यक्रमले बिष्टको पक्षमा व्यापक माहोल बनाएको प्रत्यक्ष स्रोतहरूले बताएका छन्।

हालै सम्पन्न घरदैलो, टोल–टोल भेटघाट र युवा, महिला तथा आदिवासी समुदायसँगको प्रत्यक्ष संवादमा बिष्टले मतदाताको आत्मीयता र विश्वास पाएका छन्। डुडुवा, नेपालगन्ज–८, १०, १२, १३, १९ र अन्य वडामा उनका भेटघाट कार्यक्रमले स्थानीय जनतालाई सशक्त रूपमा सहभागी बनाएको छ। भेटघाटमा सहभागी मतदाताले बिष्टको नाम “तारा चिन्हमा मतदान गर्ने” स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली कम्युनिस्ट पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य डिल्ली बराल (अमिर), केन्द्रिय सदस्यहरू, स्थानीय नेता कार्यकर्ता र युवा टोलीसँगै बिष्टको अभियानले प्रत्येक वडामा उत्साहको माहोल सिर्जना गरेको छ। टोल–टोल, घर–घरमा स्वागत, फूल माला र अबिरले सिँगारिएको कार्यक्रमले मतदातामा उत्साह र विश्वास जगाएको छ।
प्रत्यक्ष दर्शीहरूले बताए अनुसार बिष्टको सक्रियता र समर्पण देखेर विपक्षी उम्मेदवारहरू हरेक वडामा तनावमा रहेका छन्। निर्वाचनको मुखमा मतदाता आफ्नो मत सुनिश्चित गर्न बिष्टको पक्षमा झुकिरहेका छन्। विश्लेषकहरूका अनुसार युवा नेतृत्व, पारदर्शिता र सुशासन प्रतिवद्धता भएको उम्मेदवारको माहोलले चुनावी टक्करमा निर्णायक भूमिका खेल्नेछ।

सर्वसाधारण, किसान, व्यवसायी र युवामाझ बिष्टको लोकप्रियता उच्च भएको छ। मतदाताले घरदैलो अभियान, भेटघाट र प्रत्यक्ष संवादको अनुभवले विपक्षी उम्मेदवारहरूको रणनीति कमजोर भएको निष्कर्ष निकालेका छन्। स्थानीय बासीका अनुसार, “बिष्ट हाम्रो आवाज सुन्ने, हाम्रो समस्या बुझ्ने र समाधान गर्ने उम्मेदवार हो।”

निर्वाचनअघि बाँके–२ मा बनेको यो माहोलले स्पष्ट देखाउँछ कि दिपेन्द्र बिष्टको पक्षमा जनताको समर्थन तीव्र छ। विपक्षी उम्मेदवारले जसरी पनि माहोल बदल्न खोजे पनि प्रत्यक्ष अनुभव र जनताको सशक्त सहभागिता बिष्टको पक्षमा रहेकाले उनीहरूको रणनीति प्रभावकारी बन्न सकिरहेको छैन।

यसै सन्दर्भमा, निर्वाचनको दिन नजिकिँदै गर्दा बाँके–२ मा दिपेन्द्र बिष्टको लोकप्रियता र माहोलले विपक्षी उम्मेदवारलाई दबाबमा राख्दै, युवा नेतृत्व र परिवर्तनको पक्षमा मतदाता झुकिरहेका छन् भन्ने स्पष्ट संकेत प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *