खजुरामा आयो जेसिबि

मुख्य खबर

नेपालगन्ज : बाकेको खजुरा गाउँपालिकाले विकास निर्माणको काम छिटो छरीतो रुपमा गर्नका लागि सहज होस भनेर जेसिबी खरिद गरेको छ ।
खजुरा  गाउँपालिका भित्र सडक निर्माण, विस्तार, स्तरवृद्धि , मर्मत सम्भार र पालिकाका अन्य आवश्यक कामहरुमा प्रयोग गर्ने प्रयोजनका लागि जेसीबी खरीद  गरेर ल्याइएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक(तुफान ) ले बताए|
स्थानीय सरकारलाई बिकास निर्माणको काम गर्ने सवारी साधन हुँदा सहज हुने भएकाले जेसीबी पनि खरिद गरिएको खजुरा गाउँपालिकाको प्रमुख प्रसासकिय अधिकृत बस बहादुर रानाले बताए ।
चालू आर्थिक वर्षको ४४लाख ९८ हजार रुपियामा जेसिवी खरिद गरिएको गाउँपालिकाले जनाएको छ।
चालु आर्थिक बर्षको बजेटबाट गाउँपालिकाले जेसीबी खरीद गरेको हो । जेसीबी खरीद गरेपछि पालिका अन्तर्गतका सडक अवरुद्ध भएमा सुचारु गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *