
नेपालगन्ज : बाकेको खजुरा गाउँपालिकाले जाजरकोट तथा रुकुमका भूकम्पपीडितका लागि राहत प्रदान भएकाे छ ।
खजुराले भूकम्प प्रभावितका लागि राहत सामग्री चामल, दाल, तेल, नुन, पठाउन लागेको खजुरा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रदिप सुनारले जानकारी दिनुभयो ।

खजुरा गाउँपालिकाले भूकम्प पिडितका लागि राहात वितरण गर्ने गाउँकार्यपालिकाकाे २०८०-०७-२० निर्णय बमाेजिम ५ लाख बरावरकाे खाद्यान्न सहयाेग गर्ने अनुसार साे खाधान्न भाेलि नै पठाईने र खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लकाे नेतृत्वमा राहत सामग्री सहित खजुरा गाउँपालिका वडा नम्बर २का वडा अध्यक्ष धनराम वली, वडा नम्बर ५का वडा अध्यक्ष गरिबे शेष लगाएतकाे टाेली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुम जाने खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक (तुफान )ले जानकारी दिनुभयो ।
यस अगाडि खजुरा गाउँपालिका बाँकेले जाजरकोटका घाइतेको उपचारका लागि गाउँपालिकाबाट तिन लाख बढीको औषधिसहित स्वास्थ्य शाखा प्रमुख दिपक ढकालको नेतृत्वमा स्वास्थ्यकर्मी जाजरकोट पठाएको थियो ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक (तुफान)ले बिनासकारी भुकम्पको कारण जाजरकोट र पश्चिम रुकुममा अतुलनीय जन धनको क्षति भएकोमा दुख व्यक्त गर्दै जारकोटी र रुकुमेलि जनताको दुखमा साथ र सहयोग गर्न खजुरा सरकार प्रतीबद्ध रहने बताएका थिए।
