मानबिय सेवामा लाग्न अध्यक्ष शाहको अनुरोध

मुख्य खबर

नेपालगन्ज : जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राती गएको भूकम्पका कारण उत्पन्न परिस्थितिमा भू-कम्प प्रभावित क्षेत्रबाट नेपालगन्ज उद्धार गरिएका बिरामीको उपचारका लागी नेपाल सरकारले भेरी अस्पताललाई डेडिकेट अस्पतालका रुपमा तोकेको छ ।

हालसम्म ३२ पिडितलाइ हाल भेरीमा उपचार भैरहेको र सो मध्य १ (एक) जनाको मृत्यु भयको छ । यश परिस्थितिमा भेरी अस्पताललाई डेडिकेटेड अस्पतालका रुपमा तोकियपछी अस्पताल बिकास समितीका अध्यक्ष बिरेन्द्र बहादुर शाहले सामाजिक संजाल मार्फत सबैलाइ एस बिपतको अवस्थामा घाइतेको उद्दार र स्वास्थ ब्यबस्थापनका निम्ति सहकार्य र सहयोग गर्न अपिल गर्नु भयको छ। शाह लेख्छन ” हामि उपलब्ध जन शक्ति र श्रोत साधनको परिचालन गरि सेवा दिइरहेका छौ र दिन तयारी अवस्थामा रहेका छौं । यो मानवीय सेवामा अस्पताललाई सबै क्षेत्रबाट साथ र सहयोगको लागी अपील गर्दछु ।”

शाहले रगत अभाव हुनसक्ने भयकोले रक्तदान गर्नुहुन पनि अनुरोध गरेका छन । अध्यक्ष शाहले अस्पतालको सेवा प्रवाहका लागी थप सल्लाह र सुझावको समेत अपेक्षा गर्दै पिडितको सेवामा कुनै कसुर नराख्ने बतायका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *