
नेपालगन्ज : बहुप्रतिक्षित परस्पुर-गाैघाट सडक निर्माणको काम पुन: सुरु भयको छ ।
२०७९/०१/२५ गते देखि निर्माण शुरू गरि २०८१/०५/२५ सम्ममा सम्पन्न गरिसक्ने गरि सडक डिभिजन कार्यालय, ने.गं. संग सम्झाैता गरेकाे कन्काइ/गणपति जे.भी.ले सम्झाैता भएकाे १६ महिना पछि मिति २०८०/०६/१९ गतेका दिनबाट उक्त सडक खण्डका हाल खाल्डाखुल्डी सम्याउने तथा पुर्ने तथा सहज ढंगले आवतजावत गर्न सकिने गरि प्ररारम्भीक चरणकाे कार्य अगाडि बढाए लग्गतै यस सडकखण्डकाे निर्माण कार्य अगाडि बढाउने गरि कार्य शुचारू भएकाे छ ।

खजुरा गाउपालिका वडा न. २ का वडा अध्यक्ष धनिराम ओलिले फेसबुक स्ट्याटस लेख्दै उक्त बाटो निर्माणमा तदारुकता देखाउने जनाय । ओलि लेख्छन् – “यस सडकखण्डकाे कार्य सुचारू गराउनका निम्ती विभिन्न माध्यमहरूकाे प्रयाेग गरी आ-आफनाे क्षेत्रबाट अहंम भूमीका निर्वाह गर्नुहुने सबैमा हार्दिक आभार ब्यक्त गर्नुका साथै जतिसक्दो चांडो निर्माण कार्यलाई निरन्तरता दिई संभव भएसम्म ताेकिएकाे समय अगावै नभए ताेकीएकाे समय भित्र कार्य सम्पन्न गराउने गरि आम नागरिकमा भराेसा उत्पन्न गराउदै निर्माण कम्पनीका तर्फबाट कार्य अगाडि बढाईयाेस र नियमनकारी सम्पूर्ण सरकारी निकायका तर्फबाट ताेकिएकाे मापदण्डअनुसार गुणस्तरीय कार्य भए नभएकाे बिषयमा प्रभावकारी रूपमा निरन्तर अनुगमन गरि समयमा कार्य सम्पन्न गराउनु नै हुनेछ भन्ने पूर्ण आशा र भराेसाका साथ यस भेगका सम्पूर्ण नागरिकका साथै स्थानीय सरकारले गम्भीरतापुर्वक हेरिरहेकाेले सम्पूर्ण सराेकारवालालाई गम्भीरतापूर्वक आफनाे कार्य अगाडि बढाउन अनुराेध गर्दछु ।”
ओलि दबाब सिर्जना गर्न समेत सुसुचित गराउदै लेख्छन – ” साथै समयमा कार्य शुरू नगरी सम्झौता भएकाे १६ महिना सम्म अलपत्र पारिए जस्तै पुनः सडक निर्माण कार्य अलपत्र पारेमा स्थानीय नागरिक र सरकारका तर्फबाट आवश्यक पर्ने सबै किसिमका दवाबमुलक कार्यक्रमहरूकाे आयाेजना गरि अगाडि बढन तयार रहेकाे ब्यहाेरा समेत सम्बन्धित निकायहरूमा अग्रीम जानकारी गराउदछु ।”
उक्त परस्पुर- गौघाट सडक निर्माण सङ्गै बाकेको दक्षिण पश्चिम क्षेत्रका परस्पुर, सि गाउँ,रिमझिम गौघाट, एल गाउँ, के गाउँ लगायत बर्दिया सान्तिपुर, सितापुर सम्मका जनतालाइ छिटो र सहज रुपमा नेपालगन्ज आवतजावत गर्न सकिने स्थानीय नरेन्द्र ददेल बताउछन।
उक्त्त सडक निर्माणकालागी ठेकादारलाइ घचघच्याउन खजुरा गाउपालिका अध्यक्ष डम्बर बहादुर बिक तुफान उपाध्यक्ष मन्जु मल्ल वडाअध्यक्षहरु लगायत स्थानीय सहितकेही समय अगाडि सडक डिभिजन कार्यालय नेपालगन्जमा धर्ना समेत दियका थिय ।
