
नेपालगन्ज : सह–आयोजक अष्ट्रेलियालाई हराउँदै इङ्ल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
सिड्नीमा बुधबार इङ्ल्याण्डले घरेलु टोली अष्ट्रेलियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो पटक सेमिफाइनल पुगेको अष्ट्रेलियाको कमजोर डिफेन्सको फाइदा उठाउँदै इङ्ल्याण्डले प्रभावशाली जित निकाल्यो ।
हिजो मंगलबार न्युजिल्यान्डमा भएको पहिलो सेमिफाइनलमा स्पेनले स्विडेनलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।
महिला विस्वकपको फाइनल आउदो अगस्त २० आईतवार् अस्ट्रेलियामा हुनेछ।

