साझा प्रजातान्त्रिक समुहको उम्मेदवारी घोषणा

मुख्य खबर

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले आफ्नो उम्मेदवारी सार्वजनिक गरेको छ ।

ललित कुमार रौनियारको नेतृत्वमा समूहले आज औपचारिक कार्यक्रममार्फत प्यानलका सम्पूर्ण उम्मेदवारको सार्वजनिक गरेको हो ।

प्रजातान्त्रिक समूहका तर्फबाट अध्यक्ष ललित कुमार रोैनियार, उपाध्यक्ष ( वाणिज्य) तर्फ बिष्णु प्रसाद श्रेष्ठ, (उद्योग) मोहम्मद सफिक बेहना र महिलातर्फ उपाध्यक्षमा करिश्मा योगी रहनुभएको छ ।

महासचिवमा टंक प्रसाद शर्मा, उपसचिवमा टेक बहादुर खड्का, कोषाध्यक्ष पदमा मख्खन कुमार धामी रहनुभएको छ भने सदस्यहरूमा शिव प्रसाद दहाल, सन्तोष कुमार पौडेल, शिव कुमार श्रेष्ठ, सुनिल भण्डारी, युवराज ढकाल, प्रमोद कुमार अग्रवाल, पदम श्रेष्ठ, कैफुलवरा जोलाहा, अतुल कुमार गुप्ता र बल बहादुर बिष्ट रहनु भएको छ ।

यस्तै एसोसिएट सदस्यमा प्रदिप कुमार गुप्ता र पुरूषोत्तम अग्रवाल प्रतिस्पर्धामा उत्रिएका छन्।

उम्मेदवारी घोषणा सभामा उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना) प्रदेश सासदहरु सन्जु चौधरी माया पुन सुशिला बादी नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त बिष्ट लगायत नेताहरुको उपस्थिती रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *