
चीनको होङ्झाउमा आयोजना हुने १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) का लागि बिहीबार फेन्सिङका खेलाडी छानिएका छन् ।
पुरुषतर्फको स्याबर स्पर्धामा त्रिभुवन आर्मी क्लबका उपेन्द्र शाही, एपीएफ क्लबका राजेन्द्र गजुरेल र बागमती प्रदेशका पायष योञ्जन एसियाडका लागि छनोट भय।

यसैगरी महिलातर्फ फोयल स्पर्धामा बागमती प्रदेशकी गोमा आचार्य, एपीएफ क्लबकी अनिता अधिकारी र एपीएफकै मन्दिरा थापा एसियाडका लागि छानिएको प्रशिक्षक अभिषक कार्किले बतायका छन् ।
चिनमा हुने एसियाड आगामी सेप्टेम्बर २३ देखि अक्टुबर ८ तारिखसम्म सञ्चालन हुनेछ ।

