बैतडीको युवकको हत्या गरिएको अवस्थामा शव फेला !

अन्तराष्ट्रीय मुख्य खबर

बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ। 

अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। 

शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो। 

उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *